मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
नेपालबहस संवाददाता
असोज २, २०८१ बुधबार १७:५:१७
२ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।
एमाले-कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो । मत विभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन् । विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रिया मा ८३ सांसदले भाग लिएका थिए ।
माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिन लागेका हुन् । माओवादीले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।
केन्द्रमा एमाले( कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले(कांग्रेसको सरकार रहेको छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
असोज ३, २०८१ बिहिबार
संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ : प्रधानमन्त्री ओली
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
अन्नपूर्ण न्यूरोलाई महानगरको ७ दिनको अल्टिमेटम
असोज ३, २०८१ बिहिबार
आवश्यक परे हप्तामा तीनदिन संवैधानिक इजलास आवश्यक राख्न सकिन्छः न्यायाधीश ढुंगाना
असोज ३, २०८१ बिहिबार
राष्ट्रिय झण्डाले दरबारमार्ग ढाकियो [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार