मोदीका प्रतिद्वन्द्वीको उम्मेदवारी रद्द
इन्द्र रिजाल
बैशाख १८, २०७६ बिहिबार ३:५५:४
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ ।
आधारभूत केही प्रक्रिया पूरा नभएको भन्दै बुधबार उनको उम्मेदवारी निर्वाचन आयोगबाट अस्वीकृत भएको हो । शुरुमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराए । यादवले त्यसपछि तीन वटा क्षेत्रीय पार्टी समाजवादी पार्टी, बहुजन समाज पार्टी र राष्ट्रिय लोक दलले उत्तर प्रदेशमा बनाएको महागठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराए ।
भारतको वाराणसी निर्वाचन क्षेत्रलगायत केही निर्वाचन क्षेत्रमा मे १९ तारिखका दिन मतदान हुने तय भएको छ । गत अप्रिल ११ तारिखदेखि शुरु भएको सात चरणको निर्वाचनमध्ये मे १९ मा अन्तिम तथा सातौँ चरणको मतदान हुने भएको हो ।
उम्मेदवारी रद्द भएका यादव केही वर्ष अगाडि भारतको सीमा सुरक्षा बल ‘बीएसएफ’बाट बर्खास्त भएका व्यक्ति भएको बताइएको छ । उनले त्यतिबेला सेवाग्रहीलाई राम्रोसँग सेवा नदिएको जस्तो बुझिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सीमा सुरक्षा बलमा रहेकै बेला उनलाई भ्रष्टाचारको आरोप लागेको पनि अधिकारीहरूले बताएका छन् । त्यतिबेला उनको छवि राम्रो नरहेको विवरणहरू सार्वजनिक भएका छन् ।
उम्मेदवारी रद्द भएपछि बुधबार उनले आफूलाई अन्याय भएको र न्यायका लागि अदालत जाने बताए । षड्यन्त्रपूर्व तरिकाले आफ्नो उम्मेदवारी रद्द गरिएको यादवको भनाइ छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार