सिन्धुलीको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल कमलामाई मन्दिर ( फोटो फिचर )
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार १२:१८:१०
६ असोज, सिन्धुली । सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक हो कमलामाई मन्दिर । यस कमलामाई मन्दिर सिन्धुली बजार क्षेत्रबाट करिब ८ किमी टाढा रहेको छ ।
माइस्थान समेत भनिने चिनिने कमलामाई मन्दिर जिल्ला सदरमुकामबाट वहने गौमती खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ । यस मन्दिर बीपी राजमार्गमै रहेको छ ।
यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहासिक तथा धार्मिक प्रतिष्ठाको कारण यस मन्दिरमा आउने भक्तजनहरूको ठूलो घुइँचो हुन्छ । कमलामाई मन्दिरको उत्पतिको सम्बन्धमा वास्तविक समय तथा प्रमाणिक कथनहरू भने अधुरो छन् ।
कमलामाई मन्दिरको धार्मिक प्रतिष्ठा ज्यादै उच्च छ । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ ।
यस मन्दिरमा मकवानी राज्यका राजाहरु देखि इतिहासका विभिन्न समयमा देखिएका शासन प्रशासकहरूले चढाएको वस्तुहरूमा लेखिएको अक्षरहरूबाट यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व थाहा हुन्छ ।
वि।सं। १८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालिन काजि भिमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारी सहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कुँदिएको छ ।
कमलामाई मन्दिरमा प्राय सवै समयमा दर्शनार्थीहरूको भिड लाग्छ तर पनि माघ महिना भरी यहाँ पाठी वली दिने कार्य व्यापक हुन्छ । माघे संक्रान्तीमा यहाँ ठूलो मेला लाग्दछ । यो मेला भर्न नेपाल तथा भारतका समेत तीर्थालुहरू यहाँ आउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार