बीए पासको प्रमाणपत्र नभए श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको संसदीय अनुमोदन नहुने
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार १५:३७:३६
७ असोज, काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको संसदीय अनुमोदन नहुने परिस्थिति बनेको छ । उनको बीए पास भएको प्रमाणपत्र नभएका करण संसदीय अनुमोदन हुने-नहुने निर्णय रोकिएको छ । सोमबार पनि कोरम नपुगेका कारण संसदीय सुनुवाइ समितिमा कुनै निर्णय भएन ।
समितिमा दुई तिहाइ सदस्य उपस्थित नभएपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईबारे निर्णय नभएको हो । समितिको बैठक मंगलबार पनि बोलाइएको छ । समितिमा कुनै पनि प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्न दुई तिहाई सदस्यको मत आवश्यक पर्छ ।
१५ सदस्यीय समितिको सोमबारको बैठकमा ८ जना मात्र सांसद उपस्थित भएका थिए । भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र नभएपछि समितिले यसअघि १६ जनाको नाम अनुमोदन गर्ने क्रममा उनको नामबारे थप निर्णय आवश्यक रहेको भन्दै सोमबारका लागि बैठक बोलाएको थियो ।
समितिका सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शैक्षिक प्रमाणपत्र उपलब्ध नभएको अवस्थामा अनुमोदन हुन नसक्ने जानकारी दिए । अहिलेसम्म समितिमा उनको प्रमाण पत्र उपलब्ध नभएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे
असोज ७, २०८१ सोमबार
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो : प्रचण्ड
असोज ७, २०८१ सोमबार
पत्रकार महासंघको निर्वाचन समयमा नभएपछि लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
असोज ७, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे
असोज ७, २०८१ सोमबार
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो : प्रचण्ड
असोज ७, २०८१ सोमबार
नुहाउने क्रममा जितिया ब्रतालुको पोखरीमा डुबेर मृत्यु
असोज ७, २०८१ सोमबार
पत्रकार महासंघको निर्वाचन समयमा नभएपछि लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
असोज ७, २०८१ सोमबार
साफ यू –१७ च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको फराकिलो जित
असोज ७, २०८१ सोमबार