सिटिजन्स बैंकले जारी गरेको भर्चुअल क्रेडिट कार्ड बैंकिङ क्षेत्रमै नयाँ, ग्राहकको माग अत्याधिक
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार १२:३८:३४
८ असाेज, काठमाडाैं । नेपालको बैंकिङ क्षेत्रमा अग्रणी बैंकको रुपमा रहेको सिटिजन्स बैंक इन्टरनेशलले फोनपेसँगको सहकार्यमा नेपालमा पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकलाई फोनपे कार्ड स्किम अन्तर्गत चलाउन मिल्ने गरी यो सेवा ल्याएको हो । नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम परियोजना अन्तर्गत फोनपेले भर्चुअल क्रेडिट कार्ड ल्याएको बैंकको भनाइ छ । यो भर्चुअल क्रेडिट कार्डको सुरुवातसँगै डिजिटल भुक्तानीको क्षेत्रमा नयाँ युगको सुरुवात भएको बैंकको दावी छ । यसै विषयमा आधारित रहेर हामीले सिटिजन्स बैंकका क्रेडिट कार्ड युनिटका प्रमुख समीर अधिकारीलाई यो कार्ड कस्तो हो र यसको प्रयोग कसरी गर्ने भनेर सोधेका छौँ । प्रस्तुत छ, अधिकारीसँगको कुराकानीः
सिटिजन्स बैंकले हालै नयाँ खालको भर्चुअल कार्ड बजारमा ल्याएको छ । यो कस्तो कार्ड हो ?
सिटिजन्स बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर नयाँ नयाँ सेवाहरु (प्रोडक्ट) बजारमा ल्याइरहेकै थियो र यसक्रममा बैंकले नेपालको वित्तीय बजारमा अहिलेसम्म नआएको नयाँ किसिमको सेवा (प्रोडक्ट) लिएर आएको छ । जसलाई हामीले 'सिटिजन्स फोन पे क्रेडिट कार्ड' भनेर नाम दिएका छौँ । बैंकको लागि यो एउटा भर्चुअल कार्ड हो । यसमा हामीले नयाँ ट्रेन बसाल्न खोजेका छौँ । अहिलेको प्रविधिको युगमा ग्राहकहरूले पनि नयाँ खालको सुविधा खोजिरहेका हुन्छन् । ग्राहकहरूलाई नयाँ अनुभव र नयाँ खालको सेवा दिन सकियोस् भनेर सिटिजन्स बैंकले यो कार्ड लन्च गरेको हो । यो भर्चुअल कार्ड फोन पेसँगको सहकार्यमा लन्च भएको हो । हाम्रो म्यानेजमेन्ट टीमले जुन खालको परिकल्पना गरेको थियो, त्यो अहिले रियालिटिमा कन्भर्ट गरेका छौँ । अहिले यो कार्ड प्रयोगमा आउन थालिसकेको छ । र अहिले ५० प्रतिशत क्यास ब्याक स्किम पनि दिइरहेका छौँ । यसको भरपूर फाइदा ग्राहकले लिन सक्नुहुन्छ ।
अरु कार्डभन्दा यो कार्डमा के फरक छ ?
भर्चुअल कार्ड भनेको यसअघि हामीले दिइरहेका अन्य कार्डहरू जस्तो फिजिकल हुँदैन । यसमा फिजिकल कार्डको आवश्यकता पर्दैन । यसअघि ग्राहकहरूले आफ्नो आम्दानी अनुसार निश्चित समयसम्मका लागि क्रेडिट कार्डहरू लिनुहुन्थ्यो र बैंकिङ सिस्टमबाट स्वीकृत भइसकेपछि बैंकले फिजिकल रुपमा दिएको कार्ड लिएर ग्राहकहरूले आवश्यकता अनुसार स्वाइभ मेसिनमा स्वाइभ गरेर वा एटीएमबाट क्यास निकालेर मात्र चलाउन मिल्थ्यो भने यो भर्चुअल कार्डमा त्यो झन्झट लिनुपर्दैन । यो कार्ड सामान्य पसलदेखि पाँच तारे होटलसम्म क्युआर कोडमार्फत चलाउन सकिन्छ । त्यसैले यो भर्चुअल कार्ड अरुभन्दा फरक र सहज छ ।
यो कार्ड बजारमै नयाँ भएकाले धेरै ग्राहकहरूलाई कसरी चलाउने भन्नेबारे जानकारी नहुन सक्छ । कसरी चलाउने ?
सामान्यतया पुरानो क्रेडिट कार्ड र यसमा खास त्यस्तो धेरै फरक छैन । क्रेडिट कार्डमा जस्तै यो भर्चुअल कार्डमा पनि सिटिजन्स बैंकले कतिसम्म चलाउन पाइने भनेर एउटा लिमिट दिएको हुन्छ । यो कार्ड ग्राहकलाई उपलब्ध गराउने क्रममा हामी एक महिनासम्म ग्राहकले गरिरहेको कारोबार हेछौँ र बिलिङ गर्छौ । त्यसपछि उहाँहरूलाई स्टेटमेन्ट पठाउँछौ । त्यो स्टेटमेन्ट पाएको १५ दिनभित्र उहाँहरूले बैंकले तोकेको लिमिट रकम तिर्नुपर्छ । यो भनेको ४५ दिनसम्मको लागि ब्याज बिनाको कर्जा जस्तै हो । ग्राहकहरूका लागि दिने लिमिट बैंकले स्वीकृत गरेपछि मोबाइल बैंकिङमा हामी त्यो लिमिट राखिदिन्छौ । यसका लागि ग्राहकहरूले मोबाइल बैंकिङबाट निवेदन दिनुपर्ने हुन्छ । त्यसमा 'भर्चुअल क्रेडिट कार्ड अप्लाई नाउ' भन्ने अप्सन उहाँहरूलाई गएको हुन्छ । कतिपय हाम्रा ग्राहकहरूको मोबाइल बैंकिङमा भर्चुअल क्रेडिट कार्ड उपलब्ध गराइसकेका पनि छौँ । यी सबै प्रक्रिया पुरा भएपछि उहाँहरूले आफ्नो मोबाइल बैंकिङ लगइन गरेर अप्लाई गरिसकेपछि यो कार्डलाई ढुक्कसँग चलाउन सक्नुहुन्छ ।
बैंकसँग मलाई यो भर्चुअल कार्ड चाहियो भनेर कसरी माग गर्ने ?
सिटिजन्स बैंकको कुनै पनि शाखाबाट ग्राहकहरूले सामान्य तरिकाले नै यो भर्चुअल कार्ड अप्लाई (निवेदन) गर्न सक्नुहुन्छ । निवेदन स्वीकृत भए पश्चात् बैंकले सबै बेसिक कुराहरू डिटेल रुपमा त्यहाँ राखिदिएको हुन्छ । जसमा पेमेन्ट अप्सन कति राख्ने ? १० प्रतिशत राख्ने कि १०० प्रतिशत राख्ने, उहाँहरूको तिर्नुपर्ने समय (ड्युडेट) कहिले हुन्छ, इस्टीमेन्ट डेट कहिले हुन्छ, उहाँहरूले कुन एकाउण्ट नम्बर क्रेडिट कार्डमा लिंक गर्ने भन्ने अप्सनहरु त्यहाँ राखिएको हुन्छ । ट्रम्स अफ कण्डिसन, फि एण्ड चार्ज जस्ता सबै कुरा मोबाइल बैंकिङ मै समावेश गराइएको हुन्छ । त्यसलाई उहाँहरू (ग्राहक) ले समिट गरिदिनु पर्छ । त्यसपछि क्रेडिट कार्डको लिमिट ग्राहकहरूले पाउनुहुन्छ । यसपछि जुनसुकै फोन पेको क्युआरमा गएर आफ्नो मोबाइल क्युआर गर्दा सिस्टमले डेबिट कार्डबाट पेमेन्ट गर्ने कि नर्मल एकाउण्टबाट पेमेन्ट गर्ने भन्ने उहाँहरूले अप्सन पाउनुहुन्छ र क्रेडिट कार्ड क्लिक गरेपछि पेमेन्ट गर्न सक्नुहुन्छ ।
यो कार्ड चलाउने तरिका अरु जस्तै हो कि फरक छ ?
यो चलाउन पनि सहज छ । यो कस्तो खालको सिस्टम हो भने क्रेडिट कार्डको लिमिट मोबाइल बैंकिङमा दिइन्छ । मोबाइल बैंकिङबाट जुनसुकै ठाउँमा तत्काल पेमेन्ट गर्न पाइन्छ । स्टेटमेन्टको लागि पनि यसलाई एक महिनासम्म कुरिरहनु पर्दैन । ग्राहकले मैले कहाँ कति खर्च गरे भनेर मोबाइलमै हेर्नु सक्नुहुन्छ । यसबाट हाम्रो ग्राहक वर्गलाई अर्को के फाइदा छ भने खर्च गर्ने तरिका कन्ट्रोल गर्न सकिन्छ । आज मैले कति खर्च गरे भनेर तत्काल हेर्न सकिने भएकाले बैंकमा गएर स्टेटमेन्ट हेरिरहनु पर्दैन । यो कार्ड ४५ दिनसम्म निःशुल्क चलाइ सकेपछि म विस्तारै तिर्छु भन्न पनि मिल्छ र यसको लागि अन्त्यन्तै कम इन्टेरेस रेट (बैंकिङ चार्ज) राखिएको छ । त्यो अनुसार ग्राहकले चलाउन सक्नुहुन्छ ।
सिटिजन्स बैंकले ल्याएको भर्चुअल क्रेडिट कार्ड बैंकिङ बजारमै नयाँ भएकाले यो अरु कार्ड जस्तो सुरक्षित छ कि छैन भन्ने प्रश्न पनि आउँछ । कति सुरक्षित छ यो कार्ड ?
सुरक्षाको दृष्टिकोणले यो पनि अरु जस्तै सुरक्षित कार्ड नै हो र सिटिजन्स बैंकले सुरक्षाको विषयलाई जहिले पनि प्राथमिकता दिएर काम गरिरहेको छ । हामीले जुन टेक्नोलोजी भित्र्याएका छौँ । यो फोन पेसँगको सहकार्यमा हो र यो कार्डको विकास गर्दा एकदमै हाई टेक्नोलोजी प्रयोग भएको छ । यसमा अनुभवी टेक्नीसीयनहरुले काम गरेका छन् । साइबर सुरक्षा र अनलाइनबाट हुनसक्ने कमजोरीहरूलाई न्युनीकरन गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भएको टेक्नोलोजीलाई हामीले प्रयोग गरेका छौँ । त्यसकारण सिटिजन्स बैंकको यो भर्चुअल क्रेडिट कार्ड ग्राहकहरूले ढुक्कले चलाउन सक्नुहुन्छ ।
यो कार्ड लिँदा बैंकलाई कति पैसा तिर्नुपर्छ वा ग्राहकको खातामा कति पैसा हुन आवश्यक छ ?
यो क्रेडिट कार्डमा ग्राहकहरूले एउटा लिमिट पाइसके पछि त्यो अनुसार चलाउन थाल्नुहुन्छ । चलाइसके पछि हरेक अंग्रेजी महिनाको २५ तारिखमा कार्ड चलाइरहनु भएका ग्राहकको इमेलमा तपाइको यति पैसा खर्च भयो भनेर स्टेटमेन्ट आउँछ । जसको इमेल छैन उहाँहरूले आफ्नो मोबाइल बैंकिङबाट भर्चुअल क्रेडिट कार्डको सेक्सनमा गएर आफ्नो स्टेटमेन्ट हेर्न सक्नुहुन्छ । त्यसमा ग्राहकले कति पैसा चलाउनुभयो, कति पैसा बाँकी छ भन्ने कुरा सबै राखिएको हुन्छ । महिनाको २५ तारिखमा स्टेटमेन्ट आउँछ भने स्टेटमेन्ट आएको १५ दिनभित्र ग्राहकले बाँकी (ड्यू) पैसा तिर्नुपर्छ । यो अनुसार हरेक महिनाको १० तारिखमा पैसा तिर्नुपर्ने समय हुन आउँछ । यो समयभित्र ग्राहकहरूलाई कुनै पनि बैकिङ चार्ज लाग्दैन ।
भनेपछि अन्य कार्डहरू चलाइरहेका ग्राहकहरूले पनि सहज रुपमै यो भर्चुअल कार्ड चलाउन सक्ने भए हैन ?
निश्चित रुपमा सिटिजन्स बैंकले दिएका अन्य कार्डहरू पनि यथावतै नै चलिरहेका छन् । हामीले जुन भिसा क्रेडिट कार्ड दिएका छौँ , त्यसको पनि आफ्नै महत्व छ । भिसा कार्ड नेपाल, भारत र भुटानमा पनि चलाउन सक्नुहुन्छ । यो चाही सिटिजन्स बैंकले ग्राहकहरूलाई थप अप्सन दिएको हो । जुन ठाउँमा भिसा कार्ड चल्छ त्यहाँ भिसा कार्ड चलाउनुहोला । नेपालकै पनि ठूला पसलहरूमा भिसा कार्ड चल्छ । कहिले काँही भिसा कार्डमा समस्या आयो भने भर्चुअल कार्ड चलाउन पनि सकियो । त्यसैले दुबै कार्ड लिएर ग्राहकहरूले हाम्रा सेवाहरु उपभोग गर्न सक्नुहुन्छ ।
यो कार्ड लन्च गरेपछि ग्राहकबाट कस्तो रेस्पोन्स पाउनु भएको छ ?
यो भर्चुअल कार्ड लन्च गरेको केही समय मात्र भएको छ । यो कार्ड लन्च गरेपछि ग्राहकबाट पनि हामीले राम्रो रेस्पोन्स पाइरहेका छाैं । ग्राहकहरू यो प्रोडक्ट चलाउनमा उत्साहित र आतुर भएको पनि हामीले पाएका छौँ । हामीलाई यो नयाँ सेवा ल्याएकोमा धन्यवाद पनि दिनुभएको छ । हामी अझै यो सेवा धेरै भन्दा धेरै ग्राहकहरुसम्म पुर्याउने योजनामा छौँ । जो ग्राहकहरू यो कार्ड लिन इच्छुक हुनुहुन्छ । उहाँहरूले आफूलाई नजिक पर्ने सिटिजन्स बैंकको शाखा कार्यालयमा गएर सेवा लिन सक्नुहुन्छ । यो सेवा लिन पहिले बैंकमा खाता खोल्नुस्, मोबाइल बेंकिङ लिनुस् । किनभने यो डिजिटल रुपमा प्रयोग हुने भर्चुअल क्रेडिट कार्ड हो । यो कार्ड लिन अरु कार्डको जस्तो फिजिकल रुपमा कागजहरू प्रिन्ट गरिरहनु पर्दैन । त्यसैले जो जो ग्राहकहरू यो कार्ड लिन इच्छुक हुनुहुन्छ । उहाँहरूले सहज रुपमा बैंकको केन्द्रीय कार्यालय वा पायक पर्ने शाखा कार्यालयबाट भर्चुअल क्रेडिट कार्डको सेवा लिन सक्नुहुन्छ ।#एडभाेटाेरियल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
हट एयर बेलुनमा उड्दै कलाकृति
पुष १७, २०८१ बुधबार
पर्सामा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती
पुष १७, २०८१ बुधबार
नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार
पुष १७, २०८१ बुधबार
गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
पुष १७, २०८१ बुधबार
जर्मनी : नयाँ वर्षमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु
पुष १७, २०८१ बुधबार