शैक्षिक प्रमाण पत्र दिन नसकेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार १४:४७:५०
८ असोज, काठमाडौं । श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि नाम फिर्ता लिएका हुन् ।
भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर संसदीय सुनुवाइ विशेष समितिमा पत्र पठाएका छन् । समितिको आजको बैठकले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो । यसअघि आइतबार र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले निर्णय गर्न सकेको थिएन ।
समितिले प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम अनुमोदन गरेको थियो । सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा भट्टराईसँग भने स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो ।
भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेका थिए । तर, मंगलबार समितिमा आफूले नाम फिर्ता लिएको पत्र दर्ता गराएर गए । १४ साउनमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार