च्याम्पियन्स लिग : लिभरपुलमाथि बार्सिलोनाको शानदार जित
इन्द्र रिजाल
बैशाख १९, २०७६ बिहिबार १३:१२:१७
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले इन्ग्लिश क्लब लिभरपुललाई पराजित गरेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो । क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै लुइस स्वारेजले एक गोल गरे ।
बार्सिलोनाले खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । योसंगै स्वारेजले सिजनको पहिलो च्याम्पियन्स लिग गोल गरे । पुर्व क्लबविरुद्ध स्वारेजको यो पहिलो गोल समेत हो ।
पहिलो हाफमा १-० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । जसमा कप्तान मेस्सी नायक बने । खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । लिभरपुलविरुद्धको दुई गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ६ सयौं गोल पुरा गरेका छन् ।
यस्तै लिभरपुलविरुद्ध तीन गोल गरेसंगै बार्सिलोनाले च्याम्पियन्स लिगमा ५ सय गोल पुरा गरेको छ । घरेलु टोलीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन । लिभरपुलले पाएको केहि गोलको अवसर समेत खेर फालेको थियो ।
पहिलो लेगको जितसंगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग लिभरपुलको मैदान एनफिल्डमा हुनेछ ।
उक्त खेलमा बार्सिलोनालाई बराबरीले फाइनल प्रयाप्त हुनेछ । घरेलु टोलीलाई भने उत्कृष्ट पुनरागमनको जित आवश्यक बनेको छ ।यसअघि बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाईटेडलाई समग्रमा ४-० गोल अन्तरले पराजित गरेको थियो । यस्तै लिभरपुलले पोर्टोलाई समग्रमा ६-१ ले हराएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसिरहा नगरस्तरीय फुटबल प्रतियोगिता माघ ८ गतेदेखि हुने
माघ ६, २०८१ आइतबार
नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने
माघ ५, २०८१ शनिबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएको कंगनाले गरिन् खुलासा
माघ ९, २०८१ बुधबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार