मधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १५:२०:५९
९ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिकिकरण कार्यक्रममार्फत मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको सय दिनको कार्यहरु सार्वजनिक गरेका हुन् ।
उनले सय दिनको अवधिमा प्रदेश सरकारले उल्लेख्य कार्य गरेको बताए । मुख्यमन्त्री सिंहले सय दिनमा लोकसेवा आयोग मधेशलाई पूर्णता दिएको, प्रदेश सभाको नियमित बैठक सञ्चालन, एमबिबी एस कार्यक्रम सञ्चालन, आठ वटै प्रदेशमा शैक्षिक पार्क निर्माण, महिला कृषि स्वयम् सेविका परिचालन, निर्वाचन क्षेत्र लक्षित कृषि विद्युतीकरण, विदेशबाट फर्केका महिलालाई मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रमलगायतको कार्य योजना सय दिनमा तयार पारेको जानकारी दिएका छन् ।
साथै उनले रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि अवधारणा तयार पारेको जानकारी दिए । उनले भने, 'छोटो अवधिमा बनाएका योजना र गरेका काम सार्बजनिक भएका छन, आगामी कार्य योजनाका लागि सुझाव सङ्कलन गरी अझै प्रभवकारी योजना प्रदेश सरकारले बनाउने छ ।'
सय दिने कार्यविवरण प्रस्तुत गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन कायम गराउनको लागि आफूहरुले महत्वपूर्ण काम गरेको उल्लेख गरे। कर्मचारी सरुवाको समस्यालाई व्यवस्थित गरेको पनि बताए। कार्यक्रममा प्रदेशका मन्त्री तथा प्रदेश सचिवहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार