सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज १०, २०८१ बिहिबार ९:४०:२४
१० असोज, काठमाडौं । सुडानमा पछिल्लो महिना हैजाको प्रकोपका कारण मृत्यु हुनेको संख्या ४३० नाघेको छ । देशमा जारी गृहयुद्धका बीच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झण्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ ।
सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण खाँचोमा परेकाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ । गत वर्षदेखि हालसम्म यो द्वन्द्वमा डेढ लाखले ज्यान गुमाएका छन् । सुडानमा जारी द्वन्द्वका कारण उनीहरूले नियमित अवरोधको सामना गर्नुपर्ने चिकित्सा सहायता संगठन डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले रिपोर्ट गरेको छ।
अप्रिल २०२३ देखि सुडानमा सेना र शक्तिशाली अर्ध सैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सत्ता संघर्ष चलिरहेको छ। जसका कारण करिब ९० लाख मानिसले आफ्नो घर छाड्नु परेको छ । बाली लगाउन नसक्दा भोकमरीको त्रास पनि बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हैजा एकदमै छिटो फैलिने रोग हो, जसले मृत्यु पनि निम्त्याउन सक्छ। यसको उपचार सजिलो छ तर यसलाई ढिलो नगर्नु महत्त्वपूर्ण छ।
सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले अगस्टमा हैजाको प्रकोप भएको घोषणा गरेका थिए । युद्धसँगै भारी वर्षा, बाढी र विस्थापित शिविरमा भीडभाडका कारण हैजाका बिरामी पनि बढेका छन् । कतिपय ठाउँमा यो रोग फैलिन नदिन विद्यालय र बजार बन्द गरिएको छ ।
नयाँ एमएसएफ रिपोर्ट अनुसार, गर्भवती महिला र बालबालिका स्वास्थ्य प्रणालीको पतनबाट सबैभन्दा बढी प्रभावित भएका छन् । जनवरी र अगस्टको बीचमा, दक्षिण डार्फर क्षेत्रमा ११४ गर्भवती महिलाको मृत्यु भएको छ। हजारौं बालबालिका भोकमरीको सामना गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार