बाहिर नेपाल बारको धर्ना, भित्रबाट पाण्डे र निरौलालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस
नेपालबहस संवाददाता
असोज ११, २०८१ शुक्रबार १५:२३:११
११ असोज, काठमाडौं । नेपाल बार एशोसिएसनको चेतावनीबीच न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।
न्यायाधीशको नाम सिफारिस गर्न न्यायपरिषदको बैठक बसिरहेका बेला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई संविधानमा भएको प्रावधान विपरीत न्यायाधीश सिफारिस नगर्न चेतावनी दिएर बारले धर्ना दिएको थियो । तर, भित्र बसेको बैठकले दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्यो ।
उच्च अदालतको न्यायाधीशको वरीयतामा न्यायाधीश निरौला एक नम्बर र पाण्डे पाँचौं नम्बर वरीयतामा थिए । बारको विरोध रहेकाले अन्य न्यायाधीशहरूमा भने नाम सिफारिस भएन । कानुन व्यवसायीका तर्फबाट २ जना र अरु विभागीय गरी पाँच न्यायाधीशका लागि सिफारिस गर्ने न्यायपरिषदको तयारी थियो ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन् । ६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीश बन्ने सम्भावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
इजरायलका २४ बन्दी रिहा गर्न हमास तयार
पुष २२, २०८१ सोमबार
आज सुन चाँदीको मुल्य स्थिर
पुष २२, २०८१ सोमबार
अमेरिकामा १० बर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता
पुष २२, २०८१ सोमबार