कुलेखानी ड्याम भरिएपछि २ वटा ढोका खोलियो
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार ७:१७:२७
१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५: ४० बजे ड्यामको ढोका खोलिएको छ । जलाशयमा जोखिम नरहने गरी हाल ड्यामका २ वटा ढोकाबाट पानी पठाइएको र आवश्यकता अनुसार जलाशयका अन्य ढोका पनि खोलिने बताइएको छ ।
कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५२६ मिटरमात्र पानी संकलन भएको थियो ।
कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रबार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।
कुलेखानी जलाशयमा एक हजार ४८३ मिटर पानीको सतह अन्तिम विन्दु हो । एक हजार ४८३ मिटरसम्म पानीको सतह झरेपछि विद्युत् उत्पादन गर्न सकिँदैन । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
असोज १२, २०८१ शनिबार
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, ग्याँस लिक भएपछि स्थानीयहरु त्रसित
असोज १२, २०८१ शनिबार
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
दशैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
असोज १२, २०८१ शनिबार
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, ग्याँस लिक भएपछि स्थानीयहरु त्रसित
असोज १२, २०८१ शनिबार
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
असोज १२, २०८१ शनिबार