सुन तस्करीको लाइन मिलाउने थुप्तेनलाई थुनामा राख्न सर्वोच्चको आदेश
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार ११:१६:५८
१२ असोज, काठमाडौं । सर्वोच्च अदालतले करिब ६१ किलो सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थुप्तेन छिरिङलाई पुन थुनामै पठाउने आदेश दिएको छ । थुनामा पठाउने कि धरौटीमा रिहा गर्नेबारे अन्तिम फैसलामा छिरिङलाई थुनामै पठाउने आदेश गरेको हो । न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले अधिकांश प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।
जिल्ला र उच्चले थुनामा पठाउने आदेश गरेकोमा त्यसलाई बदर गर्दै सर्वोच्चले केहीलाई धरौटी माग गर्ने आदेश गरेको छ भने केहीलाई थुनामा पठाउने निर्णय सदर गरेको हो । सर्वोच्चले धरौटी माग गरेकोमा कुमार ढकाल, सन्तोष चन्द, रामकुमार भुजेल, सरोज श्रेष्ठ, राजेन्द्रकुमार राई, शिवकुमार सर्राफ, किशोर कुमार बस्नेतको हकमा धरौटी माग गरेको छ । त्यस्तै सर्वोच्चले टाँसी भन्ने थुप्तेन छिरिङ, हर्कराज राई, दिलीप भुजेल र सुमन खरेलको हकमा पुर्पक्षका लागि थुनामा राख्ने निर्णय सदर गरेको हो ।
झण्डै ६१ किलो सुन प्रकरणमा थुनामा रहेका तिब्बती मुलका भारतीय नागरिक थुप्तेन छिरिङ १३ वर्ष पहिलेदेखि नै नेपालमा आपराधिक गतिविधिमा संलग्न रहेको थिए । उनले २०६७ सालमा नेपालमा गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । ६१ किलो सुन प्रकरणमा थुप्तेनको भूमिका नेपालमा सेटिङ मिलाउने देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रतिवेदनमा उल्लेख छ ।
विमानस्थल भन्सारका कर्मचारीसम्म सेटिङ मिलाउने थुप्तेन नै भएको अदालतमा दर्ता अभियोग पत्रमा उल्लेख छ । यो प्रकरणमा तिब्बतीयन मुलका थुप्तेनसहित ८ चिनियाँ र २० नेपालीलाई प्रतिवादी बनाइएको थियो ।
शुक्रबार जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट पुर्पक्षका लागि थुनामा पठाइएका १० प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । करिब ६१ किलो सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएकामध्ये ११ जना आरोपितको निवेदनमा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो । उनीहरूलाई जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सुन तस्करी प्रकरणमा दुवै अदालतले थुनामा पठाएपछि त्यस विरुद्ध उनीहरूले सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।
थुप्तेनले सुन प्रकरणमा पक्राउ परेपछि आफूलाई चिनियाँ नागरिक लि वेन सुङले एक वर्ष पहिले नेपाली नागरिकको नाममा कम्पनी खोल्न र व्यापार गरेर राम्रो कमाइ हुने भन्दै कम्पनी दर्ता गर्नका लागि नेपाली खोज भनेपछि नेपाली नागरिक खोजेको बयान दिएका थिए । थुप्तेनले भन्सार एजेन्ट हर्कराज राईलाई यही कुरा भनेर कम्पनी दर्ताका लागि नेपाली नागरिक खोज्न भनेका थिए । हर्कराज राईलाई २ लाख ५० हजार रुपैयाँ दिएर थुप्तेन र लि वेनले कम्पनी दर्ता गर्ने मान्छेलाई दुई लाख रुपैयाँ दिन भनेको थुप्तेनले बयानका क्रममा बताएका थिए ।
छुङाग इलेक्ट्रिक सप्लायर्स कम्पनी दर्ता गराएर बैंक खाता खोल्न लगाएर त्यहाँ तीन लाख रुपैयाँ पनि उनीहरूले जम्मा गर्न भनेका थिए । त्यसपछि उनीहरुले इलेक्ट्रोनिक वस्तुहरु आयात गर्न थालेका थिए । थुप्तेनको भूमिका चिनियाँ नागरिकहरूलाई चाहिने सटर कोठा, घर, गाडी लगायतका व्यवस्थापकीय कार्य गर्न लि वेन सुङले भनेका थिए । हर्कराज राईको नाममा नै सम्झौता गराई उनले सटर, घर गाडी खोजेका थिए । नेपालमा गर्नुपर्ने सम्पूर्ण कार्यका लागि चिनियाँले थुप्नेतलाई नै सम्पर्क गर्थे थुप्तेनले नेपालीलाई परिचालन गर्थे । पक्राउ परिसकेपछि नेपालमा तस्करीका लागि दर्ता भएका कम्पनीहरुको बारेमा पनि थुप्तेनले नै खुलाइदिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार