कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीका हठले उद्धार र राहतमा ढिलाई, कालोबजारियाले उठाए फाइदा
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १२:४८:१०
१४ असोज, काठमाडौं । यति ठूलो विपत्तिमा पनि ध्यान दिएर काम नगरेको भन्दै सरकारको चारैतिरबाट आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर आज नेपाल फर्कदैछन् । उनी अमेरिका जाँदा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री दिइएको थियो । तर, उनीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी निभाउन सकेनन् । सरकारी अधिकारीको भनाइमा कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री रमेश लेखकबीच तालमेल नमिल्दा पूर्व सूचनाका बाबजुद पनि रोकथामको तयारी हुन सकेन ।
यति प्रष्ट हुँदाहुँदै पनि गृह प्रशासनले आफ्नो नालायकी छोप्न केही जिल्लाका प्रजिअ र प्रहरी प्रमुखको सरुवा गरेका छन् । केन्द्र सरकारकै लापरबाही र कमजोरी ढाकछोप गर्न निरीह कर्मचारी र प्रहरी माथि डण्डा चलाइउको भन्दै सामाजिक सञ्जालमा व्यापक बिरोध हुन थालेको छ ।
सरकारले यसपटक लगातार वर्षा हुने र त्यसले ठूलो विपत्ति निम्त्याउन सक्ने पूर्व सूचना सरकारसहितका सबै निकायले पाएका थिए । मौसम पूर्वानुमान महाशाखाले तीन दिन अगाडि नै दिएको सूचनामा खेलबाड गर्दा समयमै उद्धार हुन सकेन र धेरै धनजनको क्षति व्यहोर्नु पर्यो । अर्कोतर्फ आउने विपत्तिबारे गर्नुपर्ने पूर्वतयारी कार्यवाहक प्रधानमन्त्रीले गर्ने कि गृहमन्त्रीले गर्ने भन्नेमा अन्योल सिर्जना भयो । दुबैले मुख ताकाताक गर्दा सरकारबाट निर्देशन आउने आसमा बसेका तलका निकायहरूले पनि पूर्वतयारी गरेनन् ।
केन्द्र नै कस्तो तयारी गर्ने र स्थानीय प्रशासनलाई कस्तो निर्देशन दिने भन्नेमा अलमलिएपछि जिल्ला प्रशासन कार्यालयहरूले पूर्वतयारीका काम अगाडि बढाएनन् । मौसम पूर्वानुमानले दिएको सूचना अनुसार त्यो समय भरी यातायात चल्न नदिएको भए यति ठूलो मानवीय क्षति हुने थिएन । प्रशासनले नदी किनारका बस्तीहरुलाई सजग रहन सूचना दियो तर, उनीहरुले टेरेनन् । विपद् आइसकेपछि पनि त्यसको उद्धार र राहतमा तीब्रता दिन सकेन । कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीले मुख ताकाताक गरे ।
कार्यवाहक प्रधानमन्त्री सिंहले पर्याप्त जनशक्ति भएको र खटाइएको भन्दै तत्कालै विपदमा फसेकाहरूको उद्धार हुने बताए । तर, लगत्तै गृहमन्त्री रमेश लेखले भने हामीसँग पर्याप्त स्रोत र साधन भएन । भएका स्रोत साधन पनि मौसमका कारण प्रयोग गर्न सकिएन । सरकारले चाहेर पनि विपदमा फसेकाहरूको तत्काल उद्धार गर्न नसकेकाे भन्दै लाचारी प्रकट गरे । दुई जिम्मेवार मन्त्रीको भनाइ बाझिएपछि स्थानीय प्रशासनहरु पनि अन्योलमा परे । अहिले मौसममा सुधार आइसक्दा पनि राहत पुनःस्थापनाका विषयमा सरकार अन्योलमै भएको देखिन्छ ।
दुई मन्त्री बीचको हानथापले विपद्को पूर्व सूचना हुँदाहुँदै पूर्वतयारी, राहत र उद्धारमा चुकेको भन्दै कांग्रेस नेताहरूले पनि सरकारको आलोचना गरेका छन् । आइतबार कार्यसम्पादन समिति बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिमा कांग्रेसले नै सरकारको जिम्मेवारी सम्हालेको समयमा सरकारको सक्रियता प्रभावकारी नदेखिएको भन्दै आलोचना भएको हो । सरकारका मुख्य मन्त्रीहरूबीच कार्यगत एकता नहुँदा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म १९३ पुगेको छ । ३१ जना अझै बेपत्ता छन भने ९६ जना घाइते भएका छन् । हालसम्म ३ हजार ७०५ भन्दा बढीको उद्धार गरिएको गृहको भनाइ छ ।
आज मात्रै सरकारले विपदमा घरबार गुमाएका परिवारहरूलाई अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सोमवार गृह मन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले विपदमा घरबार गुमाएका परिवारहरूलाई अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । विगत तीन दिनदेखिको वर्षाका कारण प्रभावित भएका क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिने पनि बैठकले निर्णय गरेको छ ।
यता, मुलुकमा आपतकालीन अवस्थामा सरकारले मन्त्रिपरिषद्को बैठक बोलाउन नसकेको र मुख्यमन्त्रीबीच तालमेल नमिलेको भनेर आलोचना भइरहेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि देशको कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश गएको बेला आपतकालीन अवस्था आइपरेमा कार्यवाहक प्रधानमन्त्रीले मन्त्रिपरिषदको जरुरी बैठक राखेर आवश्यक निर्णय गर्नसक्ने परम्परा हुँदाहुँदै पनि वर्तमान सरकारले आवश्यक निर्णय गर्न नसकेको भनेर आलोचना गरेका छन् ।
कांग्रेस बैठकमा बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकको भूमिकाप्रति प्रश्न उठाएर अधिकांश पदाधिकारीबाट कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकाको विषयलाई लिएर आलोचना भयो । केन्द्रमा कमजोरी हुँदा तीनै तहको समन्वयमा राहत, उद्धार र पुनःस्थापनालाई प्रभावकारी बनाउन नसकेको कांग्रेसको ठहर हो । सामाजिक सञ्जालमा पनि प्रश्न उठिरहेको छन, राजधानीको अवस्था त यस्तो छ, दुर्गम गाउँको अवस्था कस्तो होला ? ।
यसैगरी विपदको समयमा सरकारका कमजोरीको फाइदा उठाउँदै ठूला व्यापारी र काठमाडौंका थोक तथा खुद्रा व्यवसायीले नाका ठप्प भएको मौका छोपी दैनिक उपभोग्य वस्तुमा सतप्रतिशत मूल्यवृद्धि गरेर उपभोक्तालाई मार पारे । मागअनुसार आपूर्ति हुन नसकेको मौका छोपेर अचाक्ली मूल्य बढाउनु कालोबजारी हो । विपदमा राहत दिएर सहज बनाउनुपर्नेमा दायित्व बिर्सेर काठमाडौंका थोक तथा खुद्रा व्यवसायीले नाका ठप्प भएको मौका छोपी दैनिक उपभोग्य तरकारी, फलफूल र खाद्यान्नमा अत्यधिक मूल्यवृद्धि गरेका छन् ।
यही मौका छोपेर नेपालका वायुसेवा कम्पनीले हवाई यात्रुसँग सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुले । तीन दिनसम्मको अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि हवाई उडानमार्फत उपत्यका बाहिर जाने एक मात्र विकल्प भएको मौका छोपेर वायुसेवा प्रदायकले टिकट बिक्रीमा दोब्बर मूल्य असुल गरेका छन् । उनीहरूको यस्तो निर्मम व्यवहारको चौतर्फी आलोचना भएको छ । सरकारले उनीहरुलाई कारवाही गर्नुपर्ने माग सर्वत्र उठेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर भूकम्पको धक्का
पुष १८, २०८१ बिहिबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु
पुष २१, २०८१ आइतबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार