म्यानमामा बढ्दो द्वन्द्वकाबीच जनगणना, विरोध जारी
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १५:४२:५०
१६ असोज, याङ्गन । म्यानमामा जुन्टा विरोधी समूहले बहिष्कार गरेको राष्ट्रिय जनगणना लागि प्रहरी र सैनिकहरूद्वारा संरक्षित जनगणनाकर्ताहरु बुधबार मैदानमा उत्रिएका छन् ।
देशको ठुलो क्षेत्रमा आफ्नो नियन्त्रण गुमाए पनि सत्तारूढ जुन्टाले जनगणनाका लागि दबाब दिइरहेको छ । म्यानमाको धेरै भागमा रक्तपातपूर्ण द्वन्द्व फैलिएको छ, तर सन् २०२५ मा हुने वाचा गरिएको चुनावअघि मतदाता सूची अद्यावधिक गर्न जनगणना आवश्यक रहेको जुन्टाले बताएको छ । सैनिक र सशस्त्र प्रहरीको साथमा गणकको टोलीहरू जनगणनाका लागि याङ्गुनमा घर–घर पुगेका छन् ।
“विद्यालयका शिक्षक, स्थानीय अधिकारी, प्रहरी र स्थानीय सैन्य सदस्यहरूले जनगणना गरिरहेका छन् । आधारभूत सैन्य प्रशिक्षणमा सहभागी भएका मिलिसियाहरूले आफ्नो क्षेत्रमा सुरक्षाको लागि सहयोग गरिरहेका छन्”, एक सैन्य अधिकारीले बताए ।
“आतङ्कवादीहरूको खतराका कारण हामीले जनगणनाका लागि कडा सुरक्षा व्यवस्था लागू गरेका छौँ”, उनले भने ।
जनरल मिन आङ ह्लाइङको नेतृत्वमा रहेको जुन्टाले यसको विरोधमा स्थापना भएको जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरू र प्रजातन्त्र समर्थक “पिपुल्स डिफेन्स फोर्स” (पिडिएफ)को विरोधका बावजुद यो जनगणना आयोजना गरेको हो । सेनाले यी समूहहरू मध्ये धेरैलाई “आतङ्कवादी” का रूपमा नामित गरेको छ तर गत हप्ता देशको गृहयुद्धमा वार्ताका लागि उनीहरुलाई अभूतपूर्व निमन्त्रणा जारी गरेको थियो ।
मङ्गलबारबाट सुरु भएको तथ्याङ्क सङ्कलनमा मिन आङ ह्लाइङ र अन्य वरिष्ठ जुन्टा कार्यकर्ताहरूबाट जनगणना सुरु भएको थियो । यो सर्वेक्षण अक्टोबर १५ सम्मका लागि निर्धारित गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी
असोज १६, २०८१ बुधबार
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते
असोज १६, २०८१ बुधबार
भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
असोज १६, २०८१ बुधबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
इरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो
असोज १६, २०८१ बुधबार
अविरल बर्षापछि बीपी राजमार्ग सुनसान ( फोटो फिचर )
असोज १५, २०८१ मंगलबार
संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
असोज १६, २०८१ बुधबार
आज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
झ्याप्ले खोलामा झरेको पहिरो
असोज १६, २०८१ बुधबार
होटलमा जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ
असोज १६, २०८१ बुधबार
पाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो
असोज १६, २०८१ बुधबार