पाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १६:५५:३९
१६ असोज, जुम्ला । जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा रु ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका कृषि प्रसारण अधिकृत शेरबहादुर भण्डारीले गत साउनदेखि यही असोज ८ गतेसम्ममा सडक तथा हवाई यातायातमार्फत स्थानीय स्याउ बाहिरी जिल्ला पठाइएको जानकारी दिए । जुम्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको उनले बताए ।
जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउखेती भए पनि उत्पादन भने दुई हजार आठ सय हेक्टरमा मात्र हुने गरेका जानकारी दिँदै अधिकृत भण्डारीले आगामी कात्तिकको अन्तिम सातासम्म स्याउ उत्पादन र निर्यातको यकिन विवरण प्राप्त हुने बताए ।
आठवटै स्थानीय तहका करिब १६ हजार परिवार स्याउ खेतीमा निर्भर रहेका जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । बगैँचामा पुगेर व्यापारीले प्रतिकेजी रु ६५ का दरले स्याउ खरिद गर्दै आएका छन् ।
जिल्लामा स्थानीय जातका जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फूजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय जुम्लाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
असोज १६, २०८१ बुधबार
कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण
असोज १६, २०८१ बुधबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
इरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो
असोज १६, २०८१ बुधबार
छविलाल जोशीलाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, बन्दीप्रत्यक्षीकरणको रिट खारेज
असोज १६, २०८१ बुधबार
यातायातको सहज र सुरक्षित सञ्चालनबारे गृहमन्त्री लेखक र व्यवसायीबीच छलफल
असोज १६, २०८१ बुधबार
महिला भलिबलमा कर्णालीले ललितपुरलाई हरायो
असोज १६, २०८१ बुधबार
गुटेरेसलाई इजरायल प्रवेश गर्न प्रतिबन्ध
असोज १६, २०८१ बुधबार
नजिकिँदो पर्वलाई लक्षित गरी छुट मूल्यमा चामल बिक्री सुरु
असोज १६, २०८१ बुधबार
राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्ने
असोज १६, २०८१ बुधबार