एमालेले अपराधका बावजुद पनि जोगाउँछ : पूर्वमन्त्री जेपी गुप्ता !
इन्द्र रिजाल
बैशाख १९, २०७६ बिहिबार २०:१८:७
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा मन्त्री बहाल रहँदै भ्रष्टाचारको मुद्दामा जेल परेका पूर्वमन्त्री जेपी गुप्ताले एमालेले अपराधका बावजुद पनि जोगाउँछ भन्दै एमाले अपराधी र भ्रष्टहरूकाे संगठित समुह भएकाे संकेत गरेका छन् ।
बालुवाटार प्रकरणमा महासचिव विष्णु पौडेलको बचाउमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएलगत्तै गुप्ताले ट्वीट मार्फत कांग्रेसले फसाउँछ, एमालेले जोगाउँछ भन्दै विष ओकलेका हुन् ।
कांग्रेस छाडेर फोरम प्रवेश गरेका गुप्ता भट्टराईको कार्याकालमा बहालवाला मन्त्री रहँदै डेढ वर्ष जेल परेका थिए । तर उनले आप्mनो पूर्व पार्टी कांग्रेसमाथि रिस पोखेका हुन् ।
उनले भनेका छन्, “पार्टीमा लाग्ने हो भने कहिल्यै कांग्रेसमा नलाग्नू जसले आफ्नै निर्दोष साथीलाई फसाउँछ” । कांग्रेसमै रहँदामा भ्रष्टाचार काण्डमा मुछिएका थिए, गुप्ता । त्यहीबेला पार्टीले साथ नदिएको रिस उनले अहिले ओकलेका छन् । प्रधानमन्त्रीले बालुवाटार प्रकरणमा महासचिवको बचाऊ गरेको विषयमा पनि उनले कटाक्ष गर्न बाँकी राखेका छैनन् ।
उनले भनेका छन् “पार्टीमा लाग्ने हो भने एमालेमा लाग्नू जसले असंख्य अपराधका बावजुद पनि जोगाउँछ” । बालुवाटार प्रकरणमा प्रधानमन्त्रीले बोलेपछि अब कुनै छानबिनको जरुरत नरहेको पनि उनको टिप्पणी छ ।
कांग्रेसमाथि गुप्ताको आरोप र केही तथ्य
२०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार बनेका गुप्ता २०५४ सालमा सञ्चार राज्यमन्त्री, ५५ सालमा सञ्चार मन्त्री, ५६ सालमा कृषि मन्त्री र ०५८ सालमा फेरि सूचना मन्त्री बनेका थिए, जो उनी कांग्रेस भएकै कारण संभव थियो, त्यो बेला । उनीमाथि २०५९ मा भ्रष्टाचारको अभियोग लाग्यो ।
२०६३ को मधेस आन्दोलनपछि उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा लागे, विजय गच्छदारसँगै । विजय गच्छदार बाहिरिए । पछि गुप्ताले पनि फोरम टुक्राएर फोरम गणतान्त्रिक बनाएर बाबुराम भट्टराईको सरकारमा सूचना मन्त्री बने ।
पदमै रहेको बेला बि.स. २०६८ फागुन ९ गते न्यायधीशद्वय सुशिला कार्की र तर्कराज भट्टको संयुक्त ईजलाशले गुप्तालाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै डेढ वर्ष कैद, ८४ लाख जरिवाना र त्यति नै सम्पति जफत गर्न आदेश दियो ।
फैसलापछि उनले आत्मसमर्पण गरे र २५ प्रतिशत सजाय माफी पाउँदै जेल गए । हाल उनी राष्ट्रिय तराई मधेश अभियानका संयोजक छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार