नजिकिँदो पर्वलाई लक्षित गरी छुट मूल्यमा चामल बिक्री सुरु
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १७:४९:१०
१६ असोज, जनकपुरधाम । नजिकिँदो पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियत तथा छुट मूल्यमा जनकपुरधाममा चामल बिक्री सुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको हो । सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहका अनुसार अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु भएको छ ।
अरुवा सोना मन्सुली प्रतिकेजी रु ६० तथा बासमती चामल प्रतिकेजी रु ११८ का दरले मूल्य निर्धारण गरिएको छ । उक्त मूल्य बजार मूल्यभन्दा प्रतिकिलो रु पाँचले सस्तो हो ।
मुजेलियास्थित खाद्यको कार्यालय हाताभित्र आजदेखि सुरु भएको सहुलियत दरको चामल बिक्री माघ २ गतेसम्म रहने प्रमुख साहले जानकारी दिए । सो सहुलियत तथा छुट मूल्यका लागि २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
मधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
कस्तो रहला आज देशभरको मौसम ?
माघ २०, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ २०, २०८१ आइतबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार