गुटेरेसलाई इजरायल प्रवेश गर्न प्रतिबन्ध
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १८:०:०
१६ असोज, काठमाडौं । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।इजरायलका विदेशमन्त्री इजरायल कट्जले सामाजिक सञ्जालमा पोष्ट गर्दै गुटेरेसमाथि प्रतिबन्ध लगाएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘जो कोही पनि इरानले इजरायलमाथि गरेको जघन्य हमलाको स्पष्ट रूपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै किसिमको अधिकार छैन ।'
कट्जले गुटेरेसले अहिलेसम्म पनि अक्टोबर ७ मा हमासले गरेको नरसंहार र यौन उत्पीडनको निन्दा नगरको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘न उनले 'महासचिव गुटेरेस' हमासलाई आतङ्कवादी संगठन घोषणा गर्न कुनै प्रयास गरेका छन् ।'
उनले भनेका छन्, ‘यस्तो महासचिव जो, आतङ्कवादी, बलात्कारी, हमास, हिजबुल्लाह र हुतीपछि इरानले गरेको हत्याको समर्थन गर्छ । उनले संयुक्त राष्ट्रको इतिहासमा दाग लगाएको अर्थमा याद गरिनेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी
असोज १६, २०८१ बुधबार
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते
असोज १६, २०८१ बुधबार
म्यानमामा बढ्दो द्वन्द्वकाबीच जनगणना, विरोध जारी
असोज १६, २०८१ बुधबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो
असोज १६, २०८१ बुधबार
अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदित
असोज १६, २०८१ बुधबार
छविलाल जोशीलाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, बन्दीप्रत्यक्षीकरणको रिट खारेज
असोज १६, २०८१ बुधबार
यातायातको सहज र सुरक्षित सञ्चालनबारे गृहमन्त्री लेखक र व्यवसायीबीच छलफल
असोज १६, २०८१ बुधबार
महिला भलिबलमा कर्णालीले ललितपुरलाई हरायो
असोज १६, २०८१ बुधबार
गुटेरेसलाई इजरायल प्रवेश गर्न प्रतिबन्ध
असोज १६, २०८१ बुधबार