झ्याप्ले खोलाले खोस्यो साह परिवारको सहारा
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार ८:३८:१२
१७ असोज, बरहथवा (सर्लाही) । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए । आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त । त्यही दिनबाट यो परिवारले सधैका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको सहरा पनि गुमायो । घरको जेठोबाठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए ।
‘‘परिवारको दुःख हटाउछु चिन्ता नगर्नु भनेर सधैँ मलाई सम्झाउँथ्यो”, बुबा भरत साहले भक्कानिँदै भने, ‘‘धेरै पढेर ठूलो मान्छे बन्ने, दुई जना दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो । त्यो पूरा नहुँदै अस्तायो ।” छोराको शोक बारेर बसेका भरतले छोराको मृत्युसँगै आफ्नो परिवारको बिचल्ली भएको बताए । “घरको एउटा खम्बा ढल्यो, अब कसले यो घरको काँध थाम्छ ?’’, गहभरि आँसु पार्दै भरतले भने।
४५ वर्षीय बुबा भरत सामान्य किराना पसल चलाउँछन् । परिवारको लालनपालन तथा छोराछोरीको शिक्षादीक्षाको एकमात्र आधार यही किरान पसल हो । थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरिको छाक टर्छ । ‘‘छोराले राम्रो पढ्दै गएकाले अब दुःखको दिन गयो भन्ने लागेको थियो तर एकाएक बज्रपात पर्यो । घटना भएको दिनदेखि घरमात्र होइन, गाउँ नै शोकमा छ । परिवारमा पूरै अन्धकार छाएको छ । आमाको राम्रोसँग होस आएको छैन”, उनले सुनाए ।
वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए । कक्षा ६ देखि एसइईसम्मको पढाइ भने चितवनको प्रभात माविबाट गरे । गत शैक्षिकसत्रमा एसइई परीक्षा पास भएपछि कक्षा ११–१२ पढ्न उनी काठमाडौं गए । दिदी विभाकुमारी साहसँगै बसेर उनले काठमाडौंको नयाँबानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका थिए ।
क्याम्पसले उनलाई एसइईका केही शैक्षिक प्रमाणपत्र ल्याउन ताकेता गरेपछि गत बिहीबार मात्र चितवन आएर फर्कँदै थिए । शुक्रबार बिहान विद्यालय पुगेर कागजात सङ्कलन गरेपछि साँझ माइक्रोबसमार्फत काठमाडौँ फर्कँने क्रममा राति १ः२५ बजेको समयमा काठमाडौँमा भएकी दिदी विभासँग फोन सम्पर्क गरेका उहाँ त्यसपछि भने सधैँका लागि सम्पर्कविहीन भए । ‘‘फोनमा भाइलाई कहाँ आइपुग्यौँ भनेर सोधेको थिएँ ।
दिदी म आउँदै छु, रातको समय जङ्गलको बीचमा जाममा परेको छु । जाम खुल्यो भने छिट्टै आइपुग्छु, आनन्दले सुत्नु भनेको भाइको कुरा गर्दागर्दै फोन काटियो । किन भाइले राख्छु पनि नभनी फोन काट्यो भनेर फोन सम्पर्क गर्न खोजे तर, फोन लाग्दै लागेन”, दिदी विभाले भनिन्,“कुनै कारणले फोन बन्द भयो कि ? भन्ने लाग्यो । भोलिपल्ट बिहानसम्म भाइको कुनै अत्तोपत्तो भएन ।
लगातार पानी परिरहेका थियो । बाढी र पहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्यो कि भन्ने आसमा खोजी सुरु गर्यौँ । बुबाआमालाई पनि सबै कुरा खबर गरिदिए । दिउँसोबाट झयाप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियौँ । सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले ।”
आइतबारबाट वसन्तका बुबा र भिनाजु पनि खोजीमा निस्किए । चितवनदेखि नै पहिरो खसेको ठाउँमा सोधीखोजी गर्दै जाँदा झयाप्ले खोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौँ लगेकाले उतै जान सल्लाह दिए, बुबा भरतले सुनाए,“पहिराले बाटो क्षतविक्षत भएकाले तत्काल जान सकिएन । काठमाडौँमा भएका आफन्तलाई पठायौँ । सोमबार बिहान छोराको शव पहिचान भयो । उफ१”
एकछिन निशब्द भएका उनले आँसु पुछ्दै उनले भने,“त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगँे कुनै होस छैन । मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो । बाबा इन्जिनियर बनेर सरकारी सेवा गर्छु, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराका शक्तिपीठमा दुर्गा महोत्सव
असोज १७, २०८१ बिहिबार
आजदेखि सर्वोच्च अदालत बन्द
असोज १७, २०८१ बिहिबार
जलसतह घटेपछि कोशी ब्यारेजमा चहलपहल
असोज १७, २०८१ बिहिबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार
असोज १७, २०८१ बिहिबार
वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति
असोज १७, २०८१ बिहिबार
पोखराका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु, देवीभागवत ज्ञान महायज्ञ पनि हुने
असोज १७, २०८१ बिहिबार
हनुमानढोमा राखियो जौको जमरा, ८ रात र नौ दिनको दशैं, ११ः३६ बजे उत्तम साइत
असोज १७, २०८१ बिहिबार
पोखराका शक्तिपीठमा दुर्गा महोत्सव
असोज १७, २०८१ बिहिबार
आजदेखि सर्वोच्च अदालत बन्द
असोज १७, २०८१ बिहिबार