झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १३:१४:५७
१७ असोज, झापा । हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
“जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ । खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो”, सूचना अधिकारी चन्दले भने, “घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ । मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ ।”
झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ । जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न र गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक दुर्घटना नियन्त्रण प्रयास : छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’
असोज १७, २०८१ बिहिबार
दुर्घटनामा ज्यान गुमाएका प्रहरीका शालिक
असोज १५, २०८१ मंगलबार
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
राजदेवी मन्दिर डुबानमा
असोज १७, २०८१ बिहिबार
राहतको पर्खाइमा स्थानीय
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति
असोज १७, २०८१ बिहिबार
बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति
असोज १७, २०८१ बिहिबार
कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
असोज १७, २०८१ बिहिबार
बाढीले वंशीघाटमा थुपारेको फोहाेर
असोज १७, २०८१ बिहिबार