सरकारले भन्यो-बीपी राजमार्ग दशैं अगाडि खुलाउन सकिन्न, क्षतिग्रस्त सडक बनाउन २५ अर्ब लाग्छ
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १५:४४:५२
१६ असोज, काठमाडौं । सरकारले दशैँ अघि क्षतिग्रस्त भएको बीपी राजमार्ग चलाउन नसकिने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिरो र डुबानका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण सार्वजनिक गर्दै सो सडक दशैँअघि बनाउन नसकिने जनाएको हो ।
मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने भन्दै बाढी पहिरोबाट क्षतिग्रस्त बनेको सडक तथा पुल पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्षतिको विस्तृत विवरण संकलनको काम जारी नै रहेकोमा हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुई देखि तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ भने क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनर्स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजना पेश गरेका छन् । उनले ३४ वटा राजमार्गका ८०५ ठाउँ अवरुद्ध भएको, तीमध्ये ७७४ ठाउँको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको जानकारी दिए । हालसम्म प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात चालू गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको साथै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब लाग्ने अनुमान छ, उनले भने ।
प्रकोपले ६ वटा पुलमा पनि क्षति पुगेको छ । मन्त्रालयले प्रेस मिटमा क्षति पुगेका सडक÷पुग खुलाउनेबारे योजना पनि सार्वजनिक गरेको छ । ५ वटा मुख्य राजमार्गका ३१ स्थान अझै अवरुद्ध छ । पहिरो हटाउनुका साथै कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम्पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपहाडी राजमार्ग: खुर्कोट, घुर्मी खण्ड एकतर्फी खुल्यो
असोज १७, २०८१ बिहिबार
सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
असोज १७, २०८१ बिहिबार
बीपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
असोज १७, २०८१ बिहिबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली व्यापार सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार
मध्यपहाडी राजमार्ग: खुर्कोट, घुर्मी खण्ड एकतर्फी खुल्यो
असोज १७, २०८१ बिहिबार
चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो
असोज १७, २०८१ बिहिबार
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
असोज १७, २०८१ बिहिबार
नवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
असोज १७, २०८१ बिहिबार
कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर !
असोज १७, २०८१ बिहिबार