शेयर बजार घट्दा पनि प्रभु बैंक र नेपाल लाईफका शेयरधनी मालामा
इन्द्र रिजाल
बैशाख १९, २०७६ बिहिबार २३:५५:३२
काठमाडौं । शेयर बजार ओरालो लाग्नेक्रम आज पनि रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार २९४.३९ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ बिन्दुले घटेर २७७.८२ बिन्दुमा झरेको छ । कारोवार रकममा समेत उल्लेख्य अङ्कले घटेको छ । कूल १७० कम्पनीको १८ लाख तीन हजार २६ कित्ता शेयर रु ५८ करोड ७८ लाख ५५ हजार ११३ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटल १३.६३, निर्जीवन बीमा ३७.५५ र उत्पादन ३८.०८ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ६.६७, विकास बैंक १०.३२, जलविद्युत् ४.५०, वित्त ३, अन्य १.३४, लघुवित्त ६.९ र जीवन बीमा १८.६८ बिन्दुले घटेको छ । कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ३१४ मा रु ४ करोड ७२ लाख आठ हजार ५२३ मूल्यमा कारोवार भएको छ ।
यस्तै दोस्रो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । प्रतिकित्ता रु एक हजार तीनमा रु दुई करोड ६६ लाख १५ हजार १३५ मा सो कम्पनीको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ५२ लाख १७ हजार २८२, सिभिल बैंक रु दुई करोड दुई लाख ६६ हजार ९९१, छिमेक लघुवित्त वित्तीय संस्था रु एक करोड ९४ लाख ५३ हजार ७२८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ५.२७ प्रतिशतले कमाए । यस्तै शिवम् सिमेन्ट ४.८८, युनिभर्सल पावर कम्पनी ४.०८, बोटलर्स नेपाल तराई ३.७९, प्रभु बैंकको संस्थापक शेयरधनीले ३.७७ प्रतिशतले कमाएका छन् । यस्तै युनाइटेड मोदी हाइड्रो पावर ५.०४, नवील इक्विटी फण्ड ४.९४, एक्सेल डेभलपमेन्ट बैंक ४.७६, सिन्धु विकास बैंक ४.४१, रैराङ हाइड्रो पावरका शेयरधनीले ४.१२ प्रतिशतले गुमाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार