नेपालगञ्जमा ऐतिहासिक रामलीला सुरु
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार ९:५०:५०
१८ असोज, राँझा (बाँके) । नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक सय ५७ औँ संस्करण बिहीबारदेखि सुरु भएको छ । यहाँस्थित रामलीला मैदानमा आयोजित एक सय ५७औँ संस्करणको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख विष्टले रामलीला मञ्चन नेपालगञ्ज सहरको सांस्कृतिक पहिचान भएको बताए।
प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । नेपालगञ्जको सांस्कृतिक परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।
उनका अनुसार रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार आएका छन् । नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।
एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ ।
नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँका सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको समितिका सदस्य नन्दलाल बैश्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा
असोज १८, २०८१ शुक्रबार
बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
असोज १८, २०८१ शुक्रबार
हात्तीको आक्रमणबाट माउतेको मृत्यु
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
तीन पेट्रोलियम परियोजना निर्माण गर्न निगम र आइओसीबीच १५ अर्ब अनुदान सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार
भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ शुरू ( फोटो फिचर )
असोज १८, २०८१ शुक्रबार
मनाङमा पर्यटकको चहलपहल बढ्यो
असोज १८, २०८१ शुक्रबार
चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिक महासागरमा प्रवेश गरेको दाबी
असोज १८, २०८१ शुक्रबार
ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा
असोज १८, २०८१ शुक्रबार
डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी
असोज १८, २०८१ शुक्रबार
मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
असोज १८, २०८१ शुक्रबार