अर्थले थाल्यो बाढीपहिरोले क्षति पुर्याएका संरचनाको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापनको गृहकार्य
नेपालबहस संवाददाता
असोज २०, २०८१ आइतबार १३:५७:५३
२० असोज, काठमाडौं । अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही असोजको दोस्रो साता आएको बाढीपहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनः निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भएपनि राहत र पुनः निर्माणलाई व्यवस्थित रुपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक भएको बताए ।
बाढीपहिरो जानु भन्दाअघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंकलगायतले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए । अर्थले बाढी र पहिरोबाट भएको क्षतिको आंकलन गरी त्यसले आर्थिक बृद्धि दरमा पार्ने असरबारे अनुसन्धान गर्ने र क्षति भएका संरचनाको पुनः निर्माण गर्न लाग्ने आवश्यक बजेटको तर्जुमा गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाह्य सहयोग बढाउन अर्थ मन्त्रालयले तयार पार्यो प्रगतिशील विकास सहायता नीतिको मस्यौदा
पुष २३, २०८१ मंगलबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार