अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
नेपालबहस संवाददाता
असोज २०, २०८१ आइतबार १५:१०:३७
२० असोज, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम, मोबाइल २ थान र नगद ३१ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१८ रझेना बस्ने ३४ वर्षीय अर्जुन बिश्वकर्मा र २५ वर्षीय प्रेम बिश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको रा.८ प १२५९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
मोरङ, रतुवामाइ नगरपालिका–२ झुर्कियास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ११ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनबर्षी नगरपालिका–२ बस्ने १९ वर्षीय उमेश परियार र रतुवामाई नगरपालिका–८ बस्ने २६ वर्षीय बसन्त राई रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले को.२० प ८४८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, रतुवामाइ नगरपालिका–१ हटियाडाँडास्थित सडकबाट नियन्त्रित लागूऔषध बायोस्पास १ सय १ ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र ट्रामानिल १ सय ८ ट्याब्लेट सहित झापा शिवसताक्षी नगरपालिका–८ बस्ने २२ वर्षीय बिबश लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका–५ जि गाउँ पूर्व लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका बस्ने २९ वर्षीय करण शाही र ३० वर्षीय कौशल रावत रहेका छन् । प्रहरी बिट न्यू सिटि र प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका–३ बेलाशपुरस्थित आँपको बगैचाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारागन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित नवलपरासी रामग्राम नगरपालिका–९ जोकवार बस्ने १९ वर्षीय राज कुमार जैसवाल समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार