मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुनः संचालन गर्न अदालतको आदेश
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार ११:३४:१९
२३ असोज, काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले एलोन मस्कलाई ठूलो राहत दिएको छ । न्यायमूर्ति अलेक्जेन्डर डे मोरेसले मंगलबार ब्राजिलमा सोशल मिडिया प्लेटफर्म एक्सका सेवाहरू पुनर्स्थापित गर्न अनुमति दिएका हुन् । ब्राजिलमा एक महिनाभन्दा बढी समयदेखि एक्सका सेवाहरू बन्द थिए ।
मस्कको स्वामित्वमा रहेको एक्स ३० अगस्टमा २१ करोड ३० लाख जनसंख्या भएको देश ब्राजिलमा बन्द भएको थियो । न्यायमूर्ति मोरेसले अभिव्यक्ति स्वतन्त्रता, अति दक्षिणपन्थी खाताहरू र गलत सूचनाका विषयमा मस्कसँग एक महिना लामो बहसपछि देशमा एक्स बन्द गर्ने आदेश दिएका थिए। त्यसपछि, मस्कले न्यायमूर्ति मोरेसको आलोचना गर्दै उनलाई अधिनायकवादी भनेका थिए ।
मस्कको सार्वजनिक दावीहरूको बावजुद, एक्सले अन्ततः डे मोरेसका सबै मागहरू पूरा गरेको थियो । यसमा प्लेटफर्मबाट केहि खाताहरू ब्लक गर्ने, बाँकी तिर्नुपर्ने जरिवाना तिर्ने र कानूनी प्रतिनिधिको नामकरण समावेश थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार