आईपीएल क्रिकेट : सुपर ओभरमा जित निकाल्दै मुम्बई प्ले अफमा
इन्द्र रिजाल
बैशाख २०, २०७६ शुक्रबार १२:४०:२६
एजेन्सी । मुम्बई इण्डियन्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।बिहिबार भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्ले अफमा स्थान बनाएको हो ।
वान्खाडे क्रिकेट स्टेडियममा मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा हैदरावादले २ विकेट गुमाएर ८ रन जोड्दै मुम्बईलाई ९ रनको लक्ष्य दिएको थियो । सुपर ओभरमा मुम्बईका जस्प्रित बुम्राहले कसिलो बलिङ गरे । जवाफमा मुम्बईले विना विकेटको क्षतिमा ३ बलमा लक्ष्य पुरा गर्यो । राशिद खानको बलिङमा मुम्बईका हार्दिक पाण्डयाले एक छक्कासहित ७ रन जोडे ।
सुपर ओभरमा जानुअघि हैदरावादका मनिस पाण्डेले अविजित ७१ तथा मोहमद नाबीले ३१ रन जोडेका थिए । यस्तै रिद्दिमान साहले १५ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह, हार्दिक पाण्डया र कुर्नाल पाण्डयाले २र२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । मुम्बईका लागि क्विनटन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान रोहित शर्माले २४ तथा सूर्यकुमार यादवले २३ रन बनाए । हैदरावादका खलिल अहमेदले ३ विकेट लिए । योसगै मुम्बई प्ले अफमा पुग्ने तेस्रो टोली बनेको छ । चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स यसअघि नै प्ले अफ पुगिसकेको छ । अब एक टोलीले प्ले अफमा स्थान बनाउने छन् ।
जितसंगै दोस्रो स्थानमा उक्लिएको मुम्बईले १३ खेलबाट १६ अंक जोडेको छ । चौंथो स्थानको हैदरावादको १३ खेलबाट १२ अंक छ । हैदरावादको पनि प्ले अफ सम्भावना रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार