टेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार १०:२:५४
२६ असोज, काठमाडौं । एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक गरेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘भी–रोबोट’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले एआई फिचरसहितको रोबोट ट्याक्सी सार्वजनिक गरेका हुन् ।
दुई सिटको स्टेयरिङ र पेडल दुवै नभएको यस ट्याक्सी ३० हजार डलरमा किन्न सकिने बताइएको छ । मस्कले सन् २०२७ अघि साइबर क्याबको उत्पादन सुरु हुने आशा व्यक्त गरेका छन् ।
कम्पनीले २० जना बोक्न सक्ने क्षमताको अर्को अटोनोमस गाडी ‘रोबोभन’ पनि सार्बजनिक गरेको छ । यसमा सामान पनि बोक्न सकिन्छ । उदाहरण दिँदै मस्कले यसलाई खेलकुद टोलीको ढुवानीका लागि प्रयोग गर्न सकिने बताएका छन् ।
साइबर क्याबका विशेषता :
-साइबर क्याब चलाउन प्रति माइल २० सेन्ट खर्च हुनेछ ।
- यसलाई चार्ज गर्न कुनै पनि प्रकारको प्लगको आवश्यकता पर्दैन, अर्थात् यसमा वायरलेस चार्जिङ प्रदान गरिएको छ ।
-साइबर क्याब एक पूर्ण स्वचालित इलेक्ट्रिक कार हो, जसमा कुनै स्टेयरिङ ह्वील वा पेडल छैन ।
-क्याबिन एकदम कम्प्याक्ट छ र केवल २ यात्रुहरू बस्न मिल्छ । ड्यासबोर्डमा फ्ल्याट स्क्रिन प्रदान गरिएको छ ।
साइबर क्यापको डिजाइन साइबरट्रकसँग मिल्दोजुल्दो छ । कारको अगाडि पातलो जडान गर्ने एलइडी बत्ती दिइएको छ, जसले डिआरएलको रूपमा काम गर्छ । यसको दुबै छेउमा प्रोजेक्टर हेडल्याम्प प्रदान गरिएको छ । मस्कले सेल्फ ड्राइभिङ टेस्ला ट्याक्सीको फ्लीट विकास गर्ने योजना बनाएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
भदौ २६, २०८१ बुधबार
यामाहाले ल्यायो दशैँ तिहार अफर, दश लाखको हात खाली नजाने स्योरशट क्यासब्याक उपहार
भदौ १८, २०८१ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार