धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर
रासस
असोज २८, २०८१ सोमबार १२:३:३६
२८ असोज, गण्डकी । पोखरा महानगरपालिका–३३ आँपु कसेरीस्थित मनिथान मन्दिर दुई सय वर्षअघिदेखिको इतिहासको साक्षी हो ।यस क्षेत्रमा बस्ती विकास हुँदादेखि नै स्थापित यस मन्दिरमा प्रत्येक वर्षको फागुपूर्णिमामा विशेष पूजा हुन्छ भने अन्य समयमा पनि भाकलका साथै सामान्य पूजाआजा हुने गरेको छ । फागुपूर्णिमामा स्थानीयले सामूहिक रूपमा पञ्चबलिसहित विशेष पूजा गर्ने गरेका छन् ।
यहाँबाट देखिने पोखरा र लेखनाथ क्षेत्रका ताल तथा पोखरा उपत्यका क्षेत्रको सुन्दर दृष्यले जोकोहीलाई लोभ्याउने गरेको मनिथान संरक्षण समितिका सल्लाहकार शिवबहादुर थापाले बताए । मन्दिर परिसरबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत आधा दर्जन हिमाल एकैसाथ अवलोकन गर्न सकिने उनले जानकारी दिए ।
यहाँ आसपास क्षेत्रका चण्डी देउराली, कोटभैरव, कण्ठदेवी मन्दिर पनि धार्मिक महत्वका तीर्थस्थल हुन् । पृथ्वी राजमार्गका विभिन्न स्थानका साथै सेती नदी, रुपाकोट, पुम्दी तथा नवलपुरका देवचुली, बरचुलीलगायत मनोरम दृश्य यहाँबाट देख्न सकिन्छ । त्यस्तै लामेआहाल, कालिका मन्दिर, हेल्मेट डाँडालगायत स्थानका दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।
मन्दिर वरपरको करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । मनिथानको पुरानो मन्दिर नजिकै दुई वर्षअघि नयाँ मन्दिर स्थापना गरिएको छ । यहाँस्थित पुरानो मन्दिरमा शिलाका साथै मौलामा नै पूजा गर्ने गरिएको र नयाँ मन्दिरमा मुक्तिनाथकै स्वरूपमा भगवान् विष्णु एवं लक्ष्मीको मूर्ति स्थापना गरिएको थापाले जानकारी दिए ।
उनका अनुसार मन्दिर परिसरमा तीन वटा वनभोज स्थल 'पिकनिक स्पोर्ट', खेल मैदान, शौचालय, प्रतिक्षालयलगायत संरचना निर्माण गरिएका छन् । यी संरचना निर्माणमा स्थानीय सरकारसँगै चन्दादाता तथा सहयोगीबाट प्राप्त करिब रु ५० लाख खर्च भएको सल्लाहकार थापाले बताए । “अब यहाँको धार्मिक पर्यटकीय महत्वलाई प्रचारप्रसार, मन्दिरसम्म पुग्ने बाटोलाई थप व्यवस्थित एवं खानेपानीको सुविधालाई सहज बनाउन सबैको साथ र सहयोग आवश्यक छ”, उनले भने ।
मन्दिरको संरक्षणमा यहाँका गुरुङ समुदायले विशेष सक्रियता देखाएका छन् भने अन्य स्थानीय जनसमुदायले पनि यसको प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका छन् । उच्च भूभाग भएकाले यहाँ लालीगुराँस, विभिन्न प्रजातिका वनस्पति तथा जडीबुटीहरूसमेत पाइन्छन् । मोटरबाटोमार्फत मन्दिरसम्म पुुग्नका लागि छप्ल्याङ, ठूलोपाखा, मुहानखोला स्कुल, जौबारी, देउराली डाँडा, चिसापानी, कसेरी, आँपु हुँदै मनिथान पुग्ने बाटो रहेको छ भने अर्को लामगादीबाट आँपुभञ्ज्याङ हुँदै पनि यहाँ आउन सकिन्छ ।
एकदिवसीय हाइकिङका लागि पनि उपयुक्त गन्तव्यका रुपमा विकास गर्न सकिने यो ठाउँ छोटो दूरीमा हिँड्न चाहनेका लागि रोजाइमा पर्नसक्ने भएकाले प्रचारप्रसारमा जोड दिनुपर्ने पोखरा महानगरपालिका–३२ बेलबुटेका युवा हरिष्चन्द्र पौडेल बताउनुहुन्छ । “यो मन्दिर प्राचीन इतिहासको साक्षी पनि हो । त्यसैले यहाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्यटन पूर्वाधार विकासमा जोड दिन आवश्यक छ । यसका लागि स्थानीयवासी, तीनवटै तहका सरकारको सामूहिक प्रयास गर्नुपर्छ”, उनले भने ।
यहाँको लामेआहालको झोलुङ्गे पुलहुँदै पुणिटार–लामगादी सडकको लामगादीबाट भालुढुङ्गा खेत, सामुदायिक बनको सालघारी बाटो, चिसापानी, मन्दलीको थान, कसेरी गाउँ हुँदै मनिथानसम्म पदयात्रामार्फत पुग्न सकिन्छ । स्थानीय नवराज घमिरेले पोखराको व्यस्त दैनिकीबाट केही समयका लागि मुक्ति चाहनेहरूले करिब चार घण्टाको पैदल यात्रामै यहाँ पुगेर दृश्यावलोकन गर्न सक्ने अनुभव सुनाए । “हामीले हालै दसैँ बिदाको अवसर पारेर उक्त क्षेत्रमा एकदिने हाइकिङ सम्पन्न गरेका छौँ”, उनले भने, “हिमाली दृश्यावलोकनसहित पोखरा र आसपासको एकसाथ अवलोकन गर्नका लागि पनि यो महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुनसक्ने सम्भावना छ ।”
पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा बृहत् पोखराको अवधारणाका साथ आसपासका गन्तव्य प्रवर्द्धन र विकास गर्नसकेमा पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकिने घिमिरेले बताए । “धार्मिक पर्यटनका सम्भावनायुक्त गन्तव्यको प्रवर्द्धन र विकास गर्नसकेमा त्यसले बढ्ने पर्यटकीय गतिविधिले स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुग्नेछ । मनिथानजस्ता ऐतिहासिकस्थलको महत्वलाई उजागर गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ । यसमा सबै तहका सरकारले लगानी गरे झनै राम्रो हुन्थ्यो”, उनले अगाडि भने ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपअवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल बढ्यो
असोज २८, २०८१ सोमबार
आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी, सडकमा चहलपहल बाक्लो
असोज २७, २०८१ आइतबार
दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज बरुण सरोवरमा विसर्जन
असोज २७, २०८१ आइतबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त स मिडिया
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त स मिडिया
असोज २७, २०८१ आइतबार
डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ
असोज २७, २०८१ आइतबार
बाबा सिद्दिकीको हत्यापछि बलिउडका सुपरस्टार सलमानको सुरक्षा बढाइयो
असोज २७, २०८१ आइतबार
ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ
असोज २८, २०८१ सोमबार
कडा चट्टान फोडेर सडक निर्माण
असोज २८, २०८१ सोमबार
सवारीसाधनमा जोखिमपूर्ण यात्रामा स्थानीय बासिन्दा
असोज २८, २०८१ सोमबार
मुस्ताङमा थपियो अर्को पर्यटकीयस्थल
असोज २८, २०८१ सोमबार
बर्दियामा भारतीय वन रक्षकबाट गोली प्रहार हुँदा चार नेपाली घाइते, एकको अवस्था गम्भीर
असोज २८, २०८१ सोमबार