अन्तर व्यवस्थापिका संघसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार १४:३६:३७
२९ असोज, काठमाडौं । अन्तर व्यवस्थापिका संघको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघका अध्यक्ष डा तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
दुवै भेटमा नेपालको सङ्घीय संसद् र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रको सुदृढीकरणका लागि संसदीय भूमिकालगायत विषयमा छलफल भएको थियो । जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरुका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
अध्यक्ष दाहालले आइपियूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, दिगो विकासलगायत विषयमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदानप्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।
अध्यक्ष दाहालले संसदीय अभ्यासलाई अझ परिस्कृत तुल्याउन तथा लोकतान्त्रिक संस्थाहरुलाई सुदृढ बनाउन अन्तर व्यवस्थापिका संसँग नेपालले घनिभूत सहकार्य गर्न चाहेको बताए। आइपियूसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको बताउँदै उनले यसको सचिवालयमा नेपालको पनि सहभागिता आवश्यक भएको विचार व्यक्त गरे । साथै उनले त्यसनिम्ति गृहकार्य गर्न अनुरोध पनि गरे।
संविधानसभाबाट जारी संविधानमार्फत नेपालले महिला, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले सङ्घीय संसद्मा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधिका रुपमा सहभागी रहेका बताए।
अध्यक्ष अक्सनले नेपाल विगतदेखि नै आइपियूमा सक्रिय सहभागी भएकामा त्यसको सराहना गर्दै नेपालको सङ्घीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिताको प्रशंसा गरे । साथै उनले आइपियू सचिवालयमा नेपाललाई समावेश गर्न आफू सकारात्मक रहेको बताए । संघको बैठक आगामी कात्तिक १ गते समापन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार