पाँच रसियन आरोहीको शव काठमाडौं पठाइयो
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १४:४९:१३
३० असोज, म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौं लगिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवलाई काठमाडौंस्थित त्रिविवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले बताए ।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।
हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।
आइ एम टे«किङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।
यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ '८,१६७ मिटर' अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि हिमालमा ज्यान गुमाएका ५ जना रसियन आरोहीको शव उठाउन शेर्पा टोली परिचालन
असोज ३०, २०८१ बुधबार
मौसम प्रतिकुल भएपछि एक हजार बढी पर्यटक मन्थलीमा रोकिए
असोज २९, २०८१ मंगलबार
बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो
असोज २९, २०८१ मंगलबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
असोज ३०, २०८१ बुधबार
कात्तिक महिनाका लागि बैंकहरुको ब्याजदर सार्वजनिक: १० बैंकले घटाए, ९ वटाको स्थिर
असोज ३०, २०८१ बुधबार
प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि गृहमन्त्री लेखक प्रतिबद्व
असोज ३०, २०८१ बुधबार
बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि
असोज ३०, २०८१ बुधबार
फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
असोज ३०, २०८१ बुधबार
भारत र न्यूजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल रद्द
असोज ३०, २०८१ बुधबार
आज साँझ ६ बजेदेखि भोली विहान ४ बजेसम्म वीपी राजमार्ग बन्द हुने
असोज ३०, २०८१ बुधबार
ट्रम्पको चुनावी अभियानलाई मस्कले गरे ७५ मिलियन डलर दान
असोज ३०, २०८१ बुधबार