विपक्षी दलको बैठकमा प्रचण्डले भने-रविजीलाई पक्रने कुरा भएको छ, हामीले मिलेर प्रतिकार गर्नुपर्छ
ध्यानाकर्षण पत्र बुझाउने, सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने विपक्षी दलको निर्णय
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार १२:६:३६
२ कात्तिक, काठमाडौं । विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएका छन् । शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सरकार प्राकृतिक विपद्को पूर्व तयारी, खोज र उद्धारमा जिम्मेवार नभएको भनेर समीक्षा भएको बताए । यो विषयमा सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने समझदारी भएको उनले जानकारी दिए ।
बैठककमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने विपक्षी दलको निर्णय भएको छ । बाढी पहिरो पीडितको राहत र पुनःस्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने निर्णय गरेको उनले बताए । प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, सरकारको तीन महिनाको काम कारबाही, प्रकृतिक विपत्तिले पुर्याएको क्षति लगायतका विषयमा बैठकमा ब्रिफिङ गरेका थिए । ओली सरकारको तीन महिना पूर्ण असफल भएको बैठकले निकालेको बस्नेतले बताए ।
‘बाढी पहिरो लगायत विपत्तिमा सरकारले खोज, उद्धार, राहतबारे जसरी काम गर्नुपर्थ्यो, त्यो हुन सकेन । जनसरोकारको विषयभन्दा सरकार व्यक्तिगत र पार्टीगत स्वार्थ राखेर काम गरेको देखियो’, बैठकबारे जानकारी दिँदै बस्नेतले भने, ‘यिनै विषयमा विपक्षी दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । सुनुवाइ नभएमा संसद्को विशेष अधिवेशन बोलाउनेबारे विपक्षी दलहरू सहमत भएका छन् ।’
विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आम आदमी पार्टीको सहभागिता रहेको थियो । बैठकमा प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताए । आफूले बोलाएको विपक्षी दलहरुको बैठकमा प्रचण्डले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण सुनाएका हुन् ।
टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे समेत छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको प्रचण्डले सुनाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार