बाहुबलीको तेस्रो सिरिज बन्ने !
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार ९:४६:३५
३ कात्तिक, काठमाडौं । भारतका चर्चित निर्देशक एसएस राजामौली फिल्म बाहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा छन् । मिडिया रिपोर्टका अनुसार पुराना दुवै फिल्म जस्तै यस फिल्ममा पनि प्रभास मुख्य भूमिकामा देखिने बताइएको छ । उक्त खुलासा फिल्म कंगुवाका निर्माता ज्ञानवेल राजाले गरेका हुन् । उनले फिल्म कंगुवाको सिक्वेल पनि बन्ने बताए । ज्ञानवेल २०१५ को फिल्म बाहुबलीको तमिल वितरक पनि थिए ।
ज्ञानवेलले भने, ‘बाहुबली ३ प्लानिङ स्टेजमा छ । गत हप्ता चलचित्रकर्मीसँगको छलफलका क्रममा थाहा भयो । उनले बाहुबली १ र २ बनाएका थिए । तर अब उनीहरु लामो समयपछि बाहुबली ३ बनाउने योजनामा छन् ।' ज्ञानवेलले कल्की २८९८ ईस्वी र सालारको सिक्वेलको उदाहरण पनि दिए, जुन लामो अन्तरालपछि बन्नेछ । त्यस्तै कंगुवाको सिक्वेल पनि बन्नेछ ।
केही समयअघि एक कार्यक्रममा राजामौलीलाई फिल्म ‘बाहुबली’ फ्रेन्चाइज दुई पार्ट रिलिज भएपछि अगाडि बढ्छ कि भनेर सोधिएको थियो, उनले भनेका थिए, ‘बाहुबली एनिमेटेड सिरिजमा मात्र अगाडि बढ्ने छैन अन्यमा पनि अगाडि बढ्नेछ माध्यमहरू बढाइनेछ। अहिले यो प्लेटफर्ममा यसको बारेमा कुरा गर्ने सही समय होइन ।'
‘बाहुबली’ का निर्माता शोबु यार्लागड्डाले पनि यो कुरामा सहमति जनाउदै अहिलेसम्म ‘बाहुबली’ सिरिजका फिल्महरु सानो हिस्सा मात्र भएको बताए । यसमा धेरै फ्रान्चाइजीहरू बनाउन सकिने बताएका थिए ।
सन् २०१५ मा रिलिज भएको फिल्म 'बाहुबली' तेलुगु र साउथ सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । यो भारतको सबैभन्दा धेरै कमाउने हिन्दी डब फिल्म पनि थियो । प्रभासको फिल्म ‘बाहुबली’ भारतको पहिलो फिल्म हो, जसले १० दिनमा हजार करोड रुपैयाँ कमाएको छ । त्यस्तै बाहुबली- २ २०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार