रवि लामिछानेलाई अदालत हाजिर गराउन पोखराका चोकचोकमा सुरक्षाकर्मी परिचालन
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १०:५३:९
४ कात्तिक, पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराउनु अघि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । पोखरा बजारका चोक चोकमा सुरक्षाकर्मी बाक्लो बनाएको छ । सुरक्षा व्यवस्था सामान्य राख्न सुरक्षाकर्मी खटाइएको कास्की प्रशासनले जनाएको छ ।
राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुँदा सुरक्षा चुनौती बढ्नसक्ने सम्भावना देखिएको छ । सहकारी पीडितहरूले पनि प्रदर्शनको तयारी गरेका छन् । रास्वपाले आफ्ना नेता–कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुन निर्देशन दिएको छ ।
सहकारी पीडितहरूले पनि राष्ट्र बैंक चोकमा उपस्थितिका लागि आह्वान गरेका छन् । यसअघि राष्ट्र बैंक चोकमा सहकारी पीडित र शहीद चोकमा रास्वपा नेता कार्यकर्ता भेला भएर प्रदर्शन गर्ने गरेका थिए । आज यी दुवै चोकमा सुरक्षाकर्मीहरू तैनाथ छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार