डिसेम्बर २१ मा सर्यो गोल्डेन नेपाली फिल्म अवार्ड
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार ११:५६:३१
४ कात्तिक, काठमाडौं । प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड–०२४ डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । पहिला नोभेम्बर १६ मा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपति निर्वाचनका कारण एक महिना पछि सारिएको अवार्डका नेपाल संयोजक सुनील कटुवालद्वारा शनिबार जारी बिज्ञप्तीमा उल्लेख छ ।
‘अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई ख्याल राखी सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सारिएको’ बिज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका कारण पाहुनाहरुको सुरक्षा र आवागमनमा हुने कडा तथा असहजताको ख्याल गरि अवार्ड कार्यक्रम पूर्वनिर्धारित भन्दा करिब एक महिनापछि सारिएको जनाईको छ ।
अवार्ड मुल समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम,४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुने छ भने २२ डिसेम्बर बिहान ११ बजे बार्केलेमा नेपाली कलासंस्कृति,भेषभेषा झल्कने झाँकीसहित–प्रभातफेरि नेपाल डे परेड आयोजना गरिने छ । सोही दिन साँझ नेपाली सेलिब्रेटीहरुसँग मिट एण्ड ग्रिट क्रुज पार्टी आयोजना गरिने जानकारी बिज्ञप्तीमा उल्लेख छ ।
०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरु समाबेश गरिएको अवार्डमा झण्डै डेढ दर्जन बिधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक बिशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइदैछ अवार्डमा सहभागी हुनका लागि नेपालबाट तीन दर्जन बढी सेलिब्रेटी अमेरिका पुग्ने छन्, भने अमेरिकामै रहेका चलचित्रकर्मीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।
अवार्डको जुरीमा नेपालबाट बरिष्ट अभिनेता शिब श्रेष्ठ,बरिष्ट अभिनेता सुनील थापा,चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला,बरिष्ट छायाँकार गौरीशंकर धूजु श्रेष्ठ,अभिनेता सुनील कटुवाल र बरिष्ट चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी छन् । अवार्ड समारोह चर्चित होस्ट नरेश भट्टराईले संचालन गर्ने छन् ।
अवार्ड निकै भब्य र ऐतिहासिक रुपमा आयोजना गर्ने तयारी अमेरिकास्थित मुल आयोजक हिमालय फाउन्डेसन कर्प,गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया,लाइटे ल अफिस,सोम्नामे ग्रुप एलएलसी 'यति रेष्टुरेन्ट',राजपुत ग्रुप एलएलसी,पाण्डे रियाल्टी तथा टाइटल स्पोन्सर हिमालयन हवले गरेका छन् । नेपाली कलाकार,चलचित्र तथा नेपाली कलासंस्कृतिको प्रबर्द्धनमा यो अवार्डले अमूल्य टेवा पुर्याउने बिश्वास लिइएको बिज्ञप्तीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म 'पूर्णबहादुरको सारङ्गी’को ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर ६ मा
कात्तिक ४, २०८१ आइतबार
चलचित्र ‘कर्मा’मा अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित
कात्तिक २, २०८१ शुक्रबार
फिल्म ‘एक्टर : टेक वन’ प्रदर्शन मिति सर्यो
कात्तिक १, २०८१ बिहिबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
विपक्षी दलहरूले बुझाए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र
कात्तिक ५, २०८१ सोमबार
खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ
कात्तिक ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, ८ घाइते
कात्तिक ५, २०८१ सोमबार
बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन
कात्तिक ५, २०८१ सोमबार
भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक छ: पूर्वप्रधानमन्त्री भट्टराई
कात्तिक ५, २०८१ सोमबार
अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै
कात्तिक ५, २०८१ सोमबार