ब्राजिलका राष्ट्रपति सिल्भा आफ्नै घरमा लडेर घाइते, पाँच टाका लगाइयो
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १३:३:४६
५ कात्तिक, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा आफ्नै घरमा दुर्घटना परेपछि पाँच टाका लगाइएको छ । मिडिया रिपोर्टका अनुसार राष्ट्रपति सिल्भा आफ्नै घरमा दुर्घटनामा परेपछि टाउकोमा चोट लागेको छ ।
ब्राजिलको राजधानी ब्रासिलियाको अस्पतालले राष्ट्रपतिलाई तत्कालका लागि लामो दुरीको हवाई यात्रा नगर्न सल्लाह दिएको बताएको छ । त्यस्तै स्थानीय सञ्चारमाध्यमले चिकित्सकलाई उद्धृत गर्दै राष्ट्रपति सिल्भालाई पाँच वटा टाँका लगाएपछि घर पठाइएको बताएका छन् ।
टाउकोमा लागेको चोटका कारण आफ्नो आगामी रुस भ्रमण रद्द गरेका छन् । उनी रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको थियो । अब राष्ट्रपति सिल्भाले भिडियो कन्फेरेन्सबाट सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।
'ब्रिक्स' पाँच विकासशील देशहरूको समूह हो जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका पर्छन् ।
रुसको अध्यक्षतामा काजानमा १६औँ ब्रिक्स सम्मेलन हुँदैछ । रुसमा हुन लागेको १६औं ब्रिक्स शिखर सम्मेलनको नारा ‘समान विश्वव्यापी विकास र सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउने’ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार