तीन महिनामा १२ करोड ६३ लाख राजस्व संकलन
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार १५:४०:५६
७ कार्तिक, धनुषा । मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु १२ करोड ६३ लाख ७४ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले चालु आवको साउनमा रु चार करोड ५५ लाख ६७ हजार आठ सय, भदौमा रु तीन करोड ९५ लाख दुई हजार नौ सय ९३ र असोजमा रु चार करोड १५ लाख ६५ हजार आठ सय ४६ राजस्व संकलन भएको जानकारी दिए ।
कार्यालयले सवारी दर्ता, सवारीचालक अनुमतिपत्र नवीकरण र प्रतिलिपि, सवारी कर, ‘रुटपरर्मिट’, पटके, आयकर तथा सडक सम्भारबापत सो राजस्व सङ्कलन गरेको उनले बताए ।
कार्यालयमा रहेको विवरण अनुसार गत असोज २१ गतेसम्ममा साना सवारीसाधन दर्ता एक हजार दुई सय १७, ठूला सवारीसाधनअन्तर्गत जीप तथा कार २२, ट्र्याक्टर २९, बस २१, मिनीट्रक सात, इ–रिक्सा तथा टेम्पो भाडाका एक सय ६०, व्यक्तिगत इ–रिक्सा एक सय ७३, एम्बुलेन्स एक र तथा डोजर पाँचवटा दर्ता भएका प्रमुख सिंहले जानकारी दिए ।
एक महिना अघि सरुवा भएर यहाँ आएका प्रमुख सिंहले सेवाग्राहीलाई छिटोछरितो कार्यसम्पादन गर्न कार्यालयको शाखामा आन्तरिक सुधारका प्रयास गरिएको बताए । कार्यालयले चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु ६३ करोड १५ लाख ३२ हजार राजस्व संक लन गरेको थियो ।
मधेश प्रदेश सरकारअन्तर्गत मधेशका आठ जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा छ । प्रदेशमा सङ्घीयता लागु हुनुअघि तीनवटा जिल्लामा मात्र यातायात व्यवस्था कार्यालय थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन अर्ब ५८ करोड राजस्व सङ्कलन
कात्तिक ४, २०८१ आइतबार
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
कात्तिक ३, २०८१ शनिबार
वीरगञ्ज भन्सारः आयात फर्कियो, व्यापार अझै उस्तै
कात्तिक १, २०८१ बिहिबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
न्यायाधीश तिलप्रसाद श्रेष्ठको आदेशपछि जग्गा दानबारे एमालेविरुद्ध सर्वोच्चमा दर्ता भयो रिट
कात्तिक ७, २०८१ बुधबार
नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने
कात्तिक ७, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने टिमको घोषणा
कात्तिक ७, २०८१ बुधबार
भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी
कात्तिक ७, २०८१ बुधबार
संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने, वार्षिक एक अर्ब जोगिने
कात्तिक ७, २०८१ बुधबार
राष्ट्रपतिसँग विपक्षीको गुनासो, दल मिल्नुपर्ने बेलामा विभाजन गर्नतिर लागे प्रधानमन्त्री
कात्तिक ७, २०८१ बुधबार
लुम्बिनीमा तीन मन्त्री थपिए
कात्तिक ७, २०८१ बुधबार