स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार ७:५८:३२
८ कात्तिक, रामपुर (पाल्पा) । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन् । उनको व्यवसाय पाल्पामा नमूना बनेको छ । उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन् ।
“गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु”, उनले भने, “यो व्यवसाय देखेर अरूले पनि केही सिको गरून् भन्ने मेरो चाहना छ ।” उनी विगत सात वर्षदेखि यो व्यवसायमा आबद्ध छन् ।
पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उनले कुखुरापालन गरेका छन् । उनको फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पाल्नुभएका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गरेका छन् । उनको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताए ।
उनले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आएका छन् । उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थालेका हुन् । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए । व्यवसाय धान्न एक जनालाई रोजगार दिएका छन् । टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेका छन् ।
गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन् । कुखुरापालनसँगै उनले माछापालन पनि गरेका छन् । व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ । फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ ।
अर्याललाई यो व्यवसायले दाम मात्र नभई समाजमा नाम पनि दिएको छ । व्यवसाय थाल्नेबित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने होइन, कसरी लामोसमयसम्म टिकाउन सकिन्छ, धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्ने उनको अनुभव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार