चक्रवात दानाको अवतरण पछि भारतमा भारी वर्षा
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १६:३१:४१
९ कात्तिक, काठमाडौं । तीव्र चक्रवाती आँधी दानाको अवतरण पछि पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा शुक्रबार भारी वर्षा भएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरूका अनुसार चक्रवात दानाले ओडिसाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बिचमा मध्यरातमा अवतरण गरेको थियो ।
करीव १००–११० किलोमिटर प्रति घण्टाको गतिमा आएको चक्रवातले ओडिसा र पश्चिम बङ्गालका धेरै क्षेत्रहरूमा रूखहरू ढलाउनुका साथै बिजुलीका तारहरूमा क्षति पुर्याएको जनएइको छ । चक्रवातले केही अत्यावश्यक नागरिक सेवाहरूमा बाधा पुगेको छ भने बालीलाई क्षति पुर्याइ प्रभावित क्षेत्रको जन– जीवनमा असर पारेको छ । यद्देपी अहिलेसम्म कुनै हताहत भएको खबर आएको छैन ।
भारतीय मौसम विज्ञान विभाग 'आइएमडी' का अनुसार दाना चक्रवातको अवतरण प्रक्रिया सम्पन्न भइसकेको छ । चक्रवात उत्तर ओडिसा हुँदै उत्तरपश्चिमतर्फ बढ्ने र आगामी पाँच घन्टामा बिस्तारै कमजोर हुने सम्भावना छ ।
चक्रवातको अवधिमा सावधानीको लागि बन्द गरिएका भुवनेश्वर र कोलकाताका हवाइ तथा रेल सेवाहरू शुक्रवार बिहान देखि पुनः सुरु भएको अधिकारीहरूले जनाएका छन् ।
प्रभावित राज्यका स्थानीय सरकारहरूले करिब दश लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरी विद्यालयहरू बन्द गरेको सुचना जारी गरेका थिए ।
प्रभावित राज्यका जिल्लाहरूमा, अधिकारीहरूले स्थानीयको सहायताका लागि स्थानीय विपद् व्यवस्थापन कर्मचारी, प्रहरी, चिकित्सा टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू तैनाथ गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा
कात्तिक ९, २०८१ शुक्रबार
खान युनूसमा भएको इजरायली आक्रमणमा २८ जना प्यालेस्टिनीको मृत्यु
कात्तिक ९, २०८१ शुक्रबार
पछिल्लो सर्वेक्षणमा ट्रम्प अगाडी, ह्यारिसलाई झट्का
कात्तिक ९, २०८१ शुक्रबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कात्तिक ९, २०८१ शुक्रबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
कात्तिक ९, २०८१ शुक्रबार
सुप्रिमबाट गोर्खा मिडियामा आएको १४ करोड २९ लाखमध्ये रवि र छविको नाममा ४ करोड ५० लाख
कात्तिक ९, २०८१ शुक्रबार
हिंस्रक खलनायक बन्दै नवाजुद्दीन सिद्दिकी
कात्तिक ९, २०८१ शुक्रबार
कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप
कात्तिक ९, २०८१ शुक्रबार
६२ वर्षपछि स्तरोन्नति हुन लागेका बुटवल–गोरुसिंगे सडक विस्तारको गर्न काम सुरु
कात्तिक ९, २०८१ शुक्रबार
बालुवाटारबाट सत्तारुढ दलले जारी गरे संयुक्त वक्तव्य
कात्तिक ९, २०८१ शुक्रबार
राखेपका पूर्व सदस्यसचिव राणाको निधन
कात्तिक ९, २०८१ शुक्रबार
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु
कात्तिक ९, २०८१ शुक्रबार