मन्त्रिपरिषदमा प्रश्न उठेपछि विभागबाट योजना आयोगमा सरुवा गरेर सापकोटामाथि छानविन सुरु
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार ११:२९:५३
११ कात्तिक, काठमाडौं । विभागका कर्मचारी सरुवा गर्दा ठूलो आर्थिक चलखेल गरेको कुरा मन्त्रिपरिषदसम्म पुगेपछि भूमि व्यवस्था तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटामाथि छानबिन सुरु गरिएको छ । उनलाई योजना आयोगमा सरुवा गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छानबिनका लागि समिति बनाएको हाे ।
सापकोटाले एकैपटक ४ सयभन्दा बढी कर्मचारी सरुवा गरेको र सरुवा गर्दा आर्थिक चलखेल गरेको आरोप लगाइएको छ । सरकारले ४० जना सहसचिवको सरुवा गर्दा उनी पनि सरुवामा परेका हुन् । मन्त्रिपरिषद् बैठकले गरेको ४० जना सहसचिवको सरुवामा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाको राष्ट्रिय योजना आयोगमा सरुवा भएको हो ।
सापकोटाले गरेको सरुवासम्बन्धी छानबिन गर्न मन्त्रालयले भूमि मन्त्रालय प्रशासन महाशाखाका सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य छन् । समितिले निजामती कर्मचारी ऐन र नियमावली तथा मालपोतको स्थापित परम्पराअनुसार सरुवा भएको छ कि छैन भनी अध्ययन गर्नेछ । छानबिन गरेर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय स्रोतका अनुसार सापकोटाले गत असोज १४ र १५ को निर्णयबाट ४५ शाखा अधिकृत, २ सय २५ नायब सुब्बा र १ सय ४ खरिदार र ४४ कम्प्युटर अपरेटर गरी ४ सय १८ जनाको सरुवा गरेका थिए । ठूलो संख्या सरुवा गरिएपछि कर्मचारीहरूले अभिलेख विभागमा धर्ना दिएका थिए, जसका कारण सापकोटा कार्यालय जानै छाडेका थिए । सापकोटाले गत साउनमा पनि ७० कर्मचारीको सरुवा गरेका थिए । त्यतिबेला पनि जथाभावी सरुवा गराएको भन्दै कर्मचारीहरू बाटै विरोध भएको थियो ।
विभागमा विरोध भएर कार्यालय जान नसकेपछि मन्त्रीपरिषद्ले गत कात्तिक १ मा सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको हाे । उनले जग्गा किनबेचको कारोबार बढी हुने उपत्यकाका भक्तपुर, कलंकी, ललितपुर, डिल्लीबजार लगायतका कार्यालयमा आफू निकटलाई पठाएको र एउटै व्यक्तिलाई पटक–पटक अवसर दिएको आरोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार