अबिनाश थापा मगरको शब्द संगीतमा ‘ठूली कान्छी’ सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार १२:५८:९
११ कात्तिक, काठमाडौं । गीतकार अबिनाश थापा मगरको शब्द रचना एवं संगीतमा कौराह गीत ‘ठूली कान्छी’ सार्वजनिक भएको छ ।
‘ठूली कान्छी’ गीतमा अबिनाश थापा स्वयम्को स्वर रहेको छ भने महिला आवाजमा करिश्मा राना मगरको स्वरमा साथ दिएकी छन् । ‘ठूली कान्छी’ गीतमा तेजेन्द्र दूराको संगीत संयोजन रहेको छ भने कृष्ण लामिछानेमा ध्वनि सम्पादन रहेको छ ।
‘ठूली कान्छी’ गीतको म्युजिक भिडियोलाई मनाङ गुरुङको कोरियोग्राफी एवं निर्देशन रहेको छ । भिडियोमा हेमा डी. मगर, रमेश मगर, राजन मगरले मुख्य भूमिका निर्वाह गरेका छन् । भिडियोको छायाँकन विजय लामाले गरेको हुन् भने विष्णुहरि तिमिल्सिनाले भिडियो सम्पादन गरेका छन् ।
गोरखामा जन्मिएर गीतसंगीतलाई कर्मथलो बनाउँदै आएका अबिनाश थापा मगरले दर्जनभन्दा गीतमा शब्द र संगीत सिर्जना गर्नुका साथै स्वरसमेत दिँदै आएका छन् । उनको सर्वाधिक रुचाइएको र लोकप्रियता हासिल गरेको ‘हे ठूली’ हो । उनको सिर्जनामा रहेको यो गीतको नृत्य प्रतियोगितासमेत गरिएको थियो ।
त्यस्तै उनका गोरखा डाँडा शितलु, आधा मुटु, खैंचडीको तालैमा, छोटे लुदी सुसारे गाउँ, समर्पण, तिम्रो जवानी, मायाको झल्को लगायतका दर्जनौं गीतहरु रहेका छन् । ‘ठूली कान्छी’ गीतलाई गायक अबिनाश थापा मगरले आफ्नै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार