मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १८:५६:१४
१२ कात्तिक, काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा 'विह्वल'को नयाँ कृति "मिथिला मिथक" हालै प्रकाशित भएको छ । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष हुन । पत्रकारिताका समेत प्रशिक्षक रहेका झाका पत्रकारितासम्बन्धी अनेकौं पुस्तक प्रकाशित छन ।
नेपाली र मैथिली भाषामा समान अधिकार राख्ने झाका यी दुबै भाषामा दर्जन बढी साहित्यिक कृति प्रकाशित छन । मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारको परिचय बनाएका विह्वल यसपटक फरक रूप र शैलीमा प्रस्तुत भएका छन । उनको यो नवीनतम कृति मिथिला मिथक अनुसन्धानमा आधारित छ ।
मैथिली भाषामा प्रकाशित अनुसन्धानात्मक यो कृति अहिले पाठक–समीक्षक माझ चर्चामा छ । आफ्नो प्रकारको पहिलो पुस्तक भएका कारण पनि विमोचन हुनुअघि नै पुस्तक चर्चामा आएको हो । अहिले मैथिली संस्कृति र इतिहासको दस्तावेजका रूपमा पनि पाठक माझ यो पुस्तकको लोकप्रियता बढ्दो छ ।
नेपाली भाषामा पनि मिथक बारे खासै काम हुन नसकेको पृष्ठभूमिमा प्रकाशित यो पुस्तक यस विषयमा मैथिलीमा भने पहिलो नै मानिएको छ । यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको संकलन प्रकाशित गरेको स्मरणीय छ । विह्वल उक्त कोषका पनि एक सम्पादक हुन ।
मुख्यतया नेपालको मैथिली भाषी समाजमा किम्बदन्ती र विश्वासका रूपमा जीवित मान्यताहरुलाई पुस्तकमा मिथकका रूपमा संकलित गरिएको छ । कुल ६ वटा अध्यायमा विभक्त यस पुस्तकमा समाजमा प्रचलित मिथकका अतिरिक्त मिथकको शास्त्रीय विवेचना पनि प्रस्तुत गरिएको छ । यसले पुस्तकलाई खाँदिलो बनाउनुका साथै पाठकका लागि निकै उपयोगी बनाएको छ । पुस्तकमा एक सय ११ वटा मिथक संकलित छन ।
लेखकका अनुसार यो अध्ययन प्रारम्भ मात्र हो । अब यस सम्बन्धमा अन्वेषकहरूले रुचि राखेर थप अध्ययन गरिदिनु पर्ने आग्रह झाको छ । उनी भन्छन्, मिथिला क्षेत्रमा जनविश्वासका रूपमा जीवित यस्ता थुप्रै सन्दर्भ छन, जसको खोजी र अध्ययन हुनु जरुरी छ ।
पुस्तकका भूमिका लेखक मैथिलीका प्रसिद्ध विद्वान डा. रमानन्द झा रमणको भनाइ छ, मिथिला सांस्कृतिक रूपमा निकै सम्पन्न छ । तर प्रचारप्रसारको अभावका कारण संस्कृतिमा निहीत ज्ञानबारे जानकारी गराउने सकिएको छैन । यस पुस्तकले त्यस दिशामा केही योगदान गर्न सक्ने विश्वास डा. रमणको छ ।
यस्तै अर्का भूमिका लेखक त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयका उपप्राध्यापक राजेश यादव विद्रोहीले कुनै पनि समाज र सभ्यता बुझ्न मिथक सहयोगी हुने बताउँदै विह्वलको यो कार्य अत्यन्त महत्त्वपूर्ण ठहरिने विश्वास व्यक्त गरेका छन ।
मिथकलाइ स्वयंमा इतिहास मानिँदैन तर यिनले इतिहासको अध्ययन प्रक्रियालाई भने आधार प्रदान गर्ने विश्वास गरिन्छ । पुस्तक प्रस्तुतकर्ता विह्वलले, यसमा संकलित सबै सामग्री मिथक नै हुन भन्ने दावी गरेका छैनन् । विह्वल भन्छन, तर यो कृतिले मिथक अध्ययनका बारेमा बहस भने प्रारम्भ गर्नेछ ।
मुन्नीकुमारी मिश्रले प्रकाशित गरेको पुस्तकमा समेटिएका सामग्रीहरूको प्रतिनिधित्व हुने गरि कलाकार आकांक्षा झाले झिझियालाई आवरणमा उतारेकी छिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा क्याप्टेन थापाको पुस्तक ‘इन्टु द फायर’ को विमोचन
भदौ १५, २०८१ शनिबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो
कात्तिक १४, २०८१ बुधबार
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
कात्तिक १३, २०८१ मंगलबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
सरकारले गठन गर्यो नयाँ भूमि आयोग, अध्यक्षमा हरिप्रसाद रिजाल
कात्तिक १३, २०८१ मंगलबार