नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक छः अर्थमन्त्री
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १०:१३:५२
१५ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताएका छन् । अमेरिकामा रहेका बेला अर्थमन्त्रीले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरुसँग अलग–अलग भेटवार्ता गरेका थिए । त्यसैगरी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गरेका थिए ।
अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्किएका पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिेरेले स्वागत गरेका थिए ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेका थिए ।
त्यसैगरी जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गरेका थिए ।
अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाली समुदाय लगायतसँग भेटघाट गरेका थिए । अर्थमन्त्री पौडेल कार्तिक ५ गते अमेरिका गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी, शनिबार मतदान
माघ १०, २०८१ बिहिबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
माघ १०, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला
माघ ९, २०८१ बुधबार
रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस सुरू
माघ ९, २०८१ बुधबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
थाइल्याण्डमा सबैभन्दा ठुलो समलिङ्गी बिबाह समारोह सुरू, आजै ११४८ जोडी बाँधिने
माघ १०, २०८१ बिहिबार
बबी देओल र सैफअली पछि यी फ्लप नायक बन्दैछन् खलनायक
माघ १०, २०८१ बिहिबार
ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग सोधपुछ गरिने
माघ १०, २०८१ बिहिबार