लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार १०:१३:२३
१६ कात्तिक, काठमाडौं । लायन्स क्लब डिष्ट्रिक्ट ३२५ केले ऐतिहासिक क्षेत्र चोभारमा मञ्जुश्री पार्क बनाउने निर्णय गरेको छ । पोखरामा सम्पन्न क्याबिनेट बैठकले चोभारमा मञ्जुश्री पार्क बनाउने निर्णय गरेको हो । यो पार्क बनाउन ३५ लाख लागत लाग्ने अनुमान गरिएको छ भने लायन्स सदस्यहरूबाट यसका लागि सहयोग जुटाइनेछ । अन्य दाताहरुले पनि यसका लागि सहयोग गर्न सक्ने बताइएको छ ।
लायन्स जोन लिडर राजकुमार बस्नेतका अनुसार पोखरामा अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आथित्यतामा सम्पन्न क्याबिनेट बैठकबाट मन्जुश्री पार्क बनाउने निर्णय भएको हो । सबै लाइन मेम्बर र लिडरहरूले यसका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् । लायन्स डिष्ट्रिक्ट ३२५ केका गभर्नर निरा बज्राचार्यको नेतृत्वमा सो पार्क निर्माण हुनेछ ।
यसअघि मञ्जुश्रीले काठमाडौं उपत्यका दह भएका बेला यहाँको पानी बगाएको भन्ने मिथकलाई दर्साउन चोभारमा मञ्जुश्रीको प्रतिमा स्थापना गरिएको छ । कीर्तिपुर नगरपालिका वडा नं. ६ मा पर्ने जलविनायक सामुदायिक वनमा ३३ फिटको प्रतिमा राखिएको छ । अब लायन्स क्लबले मञ्जुश्री पार्क बनेपछि यसको थप शोभा बढ्नेछ । लायन्स सदस्यले आफ्नो हातबाट सहयोग गरेर पार्क निर्माणमा योगदान पुर्याउनेछन् ।
कम्तिमा ३० लाखको हाराहारीमा पार्क बनाउन अनुमानित रकम सहयोग गर्ने सहमति भएको छ । सहयोग संकलनका लागि अहिले संयोजक भने ताकिएको छैन । जोन लिडर बस्नेतले यसमा संयोजक पछि तोकिने र संयोजकमध्येबाट आर्थिक समिति बनाइ रकम सहयोगका लागि क्यूआर कोड दिइनेछ । दानले आफ्नो ग्रह कट्टा हुने जन बिस्वास पनि रहेको छ । दाताको नाम शिलामा लेखिने हुँदा यो इतिहाससँग पनि जोडिने बस्नेताले बताए ।
मन्जुश्री पार्क आफैंमा एउटा इतिहास हुनेछ भने यसमा जोडिन पाउनु आफ्नो भाग्य भएको लायन्सका सदस्यहरू बताउँछन् । हातमा हात र साथमा साथले नै मानवलाई अमर बनाउँछ । अन्य कुनै पनि प्रणिलाई त्यो शक्ति प्राप्त छैन, जो मानवलाई छ । बिबेक र बिबेकको प्रयोग नै आफैंमा एउटा इतिहास हो प्रकृति र विज्ञानसँग जोडिएको मन्जुश्री पार्क लायन्स ३२५ केले बनाउन लागे पनि यो पार्क राज्यकै सम्पति भएको बस्नेतको भनाइ छ ।
उनले अन्दाजी ४ आना बराबरको जग्गा लायन्सलाई प्राप्त भएको बताए । बस्नेतले भने, सबै लायन्स परिवारमा सहयोगको लागि आह्वान गरिनेछ । इच्छा हुनेहरूको लागी स्वैच्छिक सहभागिता जनाउन सकिनेछ भने यो संस्था सबै लायन्स सदस्यहरुको भएकाले जसरी चलाउने हो त्यो अनुसार चलाउन सकिन्छ । सबै जुटौ र पोखरामा भएको निर्णयलाई साकार पारौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार