यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार १६:०:२०
१६ कात्तिक, बैतडी । नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ । पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ११ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो ।
सुदूरपश्चिमले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको मधेश ४३.४ ओभरमा १०८ रनमा अलआउट भयो । मधेशका मयन यादवले सर्वाधिक ४७ रन जोडे । सुदूरपश्चिमका नरेन साउदले ४, कप्तान हेमन्त धामी र सचिन भट्टले २/२ विकेट हात पारे ।
यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४२ ओभरमा ११९ रनमा समेटियो । जसमा नरेन भट्टले अविजित ४४ र युवराज खत्रीले २५ रनको योगदान गरे ।
मधेसका अफ्रदिन रैनले ४ र रन्जित कुमारले ३ विकेट झारे । जितसँगै सुदूरपश्चिम ४ खेलबाट ६ अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ । मधेश भने चौथो स्थानमा छ ।
यही कात्तिक २१ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार