चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार १८:८:४४
१६ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी 'जसपा' नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको बताएका छन् ।
दिपावली, छठ, नेपाल सम्बतलगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले विविधतामा एकतालाई जीवन्त बनाउन चाडबाडले विशेष भूमिका खेल्ने गरेको बताएका हुन् ।
प्रमुख बस्नेतले चाडबाडहरु साँस्कृतिक, धार्मिक र मौसमी प्रकृतिका हुने भन्दै दैनन्दिनको कार्यबाट विश्राम लिई भेटघाट, मनोरञ्जन, खानपिन र सम्बन्धलाई पुनर्ताजगी गर्ने काम गर्नुका साथै चाडबाडले साझा मूल्य, मान्यता र संस्कारको संरक्षण तथा सम्वर्द्धनमा टेवा पुर्याउने बताए ।
आफन्त, इष्टमित्र, छरछिमेक तथा साथीभाइसँगको मिलनबाट मनमा शान्ति, सकारात्मक सोच, एकअर्काबीच सहयोग, सद्भाव अभिवृद्धि गर्न मनाइने चाडबाडलाई खर्चिलो र तडकभडक गरी मनाउन नहुने उनले बताए ।
'चाडपर्व मानव जीवनका अभिन्न अंग हुन् । चाडबाडले आफ्नो मौलिक पहिचान बोकेको हुन्छ । यससँगै यसले विशेष खालको मूल्य र मान्यतालाई अंगिकार गरेको हुन्छ,' बस्नेतले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार