नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार ८:४९:५
१७ कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत् ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव, अपनत्व र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालको मौलिक नेपाल संवत् ११४५ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै उनले परस्पर सहयोग, मेलमिलाप, सद्भाव र एकतालाई अक्षुण्ण राख्दै नेपाली सांस्कृतिक परम्परा, मूल्यमान्यता, रीतिरिवाज र रहनसहनको संरक्षण र सम्वर्द्धनमा प्रोत्साहित गर्न सहयोग पुग्ने बताए ।
नेपाली सांस्कृतिक धरोहरको एउटा जीवन्त प्रतीकका रुपमा रहेको नेपाल संवत्को स्थापना नेपालीको आर्थिक सुधार गर्ने उद्देश्यले गरिएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालको राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको प्रतीक यस संवत्लाई मुलुकभर धुमधामका साथ मनाउनुपर्ने बताए । राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्द्रमास गणना गरी तय गर्ने प्रचलन रहेको र कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत् को पहिलो दिन काठमाडौं उपत्यकामा नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा रहिआएको छ ।
”शङ्खधरले काठमाडौं उपत्यकाका किसान तथा गरीब जनतालाई ऋण एवम् दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नु भएकामा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँलाई ह्रदयदेखि नै स्मरण गर्न चाहन्छु”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन्, “नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन उहाँले गर्नुभएको अतुलनीय योगदानको प्रशंसा पनि गर्दछु ।”
उनले नेपाल संवत् नेपालको पारम्परिक र मौलिक क्यालेण्डर प्रणाली रहेको र यो संवत् नेपाली संस्कृति र इतिहासको महत्वपूर्ण हिस्सा हो भने । साथै संवत्को शुभारम्भका अवसरमा आयोजित उत्सवमा विभिन्न सांस्कृतिक नृत्य, गीत÷संगीत र परम्परागत झांकीहरुको प्रदर्शनले नेपालको इतिहास र परम्पराको संरक्षणमा महत्वपूर्ण टेवा पुगेको उपराष्ट्रपति यादवले उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार