कमेडी शो 'कमेडी नाइट विथ च्याम्पियन' लिएर आउँदै विशाल
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार ११:२६:२०
२२ कात्तिक, काठमाडौं । कमेडी शो 'कमेडी नाइट विथ च्याम्पियन' सुरु हुने भएको छ। कमेडी क्लब विथ च्याम्पियनका सबै टिम अब 'कमेडी नाइट विथ च्याम्पियन' लिएर आउने भएका हुन्।
कार्यक्रममा आबद्ध सम्पूर्ण कलाकारहरूले कार्यक्रमको लोगो शेयर गर्दै कार्यक्रमको औपचारिक जानकारी गराएका हुन्। कमेडी शोहरुमा एकलौटी राज गरिरहेका विशाल भण्डारीको निर्देशनमा बन्ने शोमा यो पटक सुमन कार्की,मेक्सम गौडेल,सजन श्रेष्ठ,कैलाश कार्की,पवन भट्टराई सँगै भरतमणी पौडेल,सन्तोष थापा,सुमन कोइराला र प्रभात लामा जोडिएका छन्।
कार्यक्रमको अध्यक्षको रुपमा कलाकार तथा निर्देशक दिपा श्री निरौला यसपटक पनि यथावत् रहेकी छन्। पहिलो सिजनलाई दर्शकले मन पराएका थिए। अब दोस्रो सिजन अझै भव्य सेटमा खिच्ने तयारी भई रहेको कार्यक्रमका होस्ट समेत रहेका निर्देशक भण्डारीले बताए।
यो पटक दर्शकले प्रतीक्षा गरि रहेका कमेडियनहरुको प्रस्तुतिले कार्यक्रम अझै उत्कृष्ट बन्नेमा निर्माण टिम ढुक्क देखिएको छ। कार्यक्रम मंसिर महिनाको अन्त्यतिरबाट हिमालय टेलिभिजन र ओएसआर रियालिटी मार्फत प्रशारण हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार