चर्चित नायिका स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार ११:२९:४३
२२ कात्तिक, काठमाडौं । चर्चित नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन् ।
बुधवार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग 'एनपिएल' को लागि खड्कालाई आबद्ध गरेको जनायो ।
उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् ।
‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पु¥याउने योजना ल्याएको छ । त्यसैको प्रभावले कर्णाली याक्ससँग जोडिन पुगेको हो ।’
उनले आफ्नो श्रीमान् निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज जानकारी गराइन् ।
कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको स्वर, सङ्गीत र शब्द छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार