चलचित्र 'डोरी'का लागि 'कास्टिङ कल', नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार १२:४५:११
२४ कात्तिक, काठमाडौं । जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र 'डोरी' का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रको लागि चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ ।
निर्माण कम्पनीले एक सूचना जारी गर्दै अडिसन कात्तिक २६ गते 'आगामी सोमबार' बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा हुने जनाएको छ । अडिसनमा सहभागी हुन इच्छुक कलाकारहरूले आफ्नो अभिनय कौशल देखाउन छोटो मोनोलग वा कुनै दृश्य प्रस्तुत गर्नुपर्ने निर्देशक अरुण लामाले बताए । यसको लागि १८ देखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष कलाकारहरूले कम्तीमा २ मिनेट लामो दृश्य प्रत्यक्ष प्रस्तुत गर्नुपर्नेछ ।
निर्देशक लामाले चलचित्र क्षेत्रको सपना देख्ने र अभिनयको उत्साह भएकाहरूका लागि यो एक महत्त्वपूर्ण मौका हुने जनाए । लामाले निर्देशन गर्ने यो पहिलो फिचर चलचित्र हो । उनले यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्रहरूमा आफ्नो कुशलता देखाइसकेका छन् ।
चलचित्रको कथा एक सङ्घर्षशील युवाको जीवनमा आधारित छ, जसले आफ्नो परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न जोखिमपूर्ण निर्णय लिन्छ । हाँसो, त्रास, र सङ्घर्षलाई रोचक ढङ्गले प्रस्तुत गर्ने यो चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहनेछ । प्रमुख अभिनेत्री भने छनोट हुन बाँकी छ ।
चलचित्रको कथा लेखक स्वयं अरुण लामाले लेखेका हुन् भने मनोज पण्डितले स्क्रिप्टलाई थप प्रभावकारी बनाउन डक्टरिङ गरेका छन् । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। सिनेमाटोग्राफी सौरभ लामाले सम्हाल्नेछन् भने एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । 'डोरी' आगामी वर्ष २०२५ मा सिनेमा हलमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ को घोषणा
पुष १५, २०८१ सोमबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार